अध्यादेश सर्वसत्तावाद र निरंकुशताको थप प्रमाण : रामचन्द्र पौडेल


३० मंसिर २०७७, मंगलवार

काठमाडौं, ३० मंसिर । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अध्यादेश सर्वसत्तावाद र निरंकुशतातर्फ सरकार अगाडि बढेको थप प्रमाण भएको बताएका छन् ।

नेता पौडेलले संवैधानिक निकायमा आफू अनुकूलका मानिस भर्ने कुत्सित नियतका साथ संसद् अधिवेशनलाई छल्नका लागि हतार–हतारमा संवैधानिक परिषदसम्बन्धी अध्यादेश जारी गरेको आरोप लगाएका छन् ।

ram

आइतबार र मंगलबार बिहानको बैठकमा गणपुरक संख्या नपुगेपछि सरकारले अध्यक्षसहित बहुमत सदस्यले निर्णय गर्न सक्ने गरी संवैधानिक परिषदसम्बन्धी अध्यादेश लाएको छ । नेता पौडेलले सरकारको यो कदमको घोर विरोध गर्ने बताएका छन् ।

‘संवैधानिक परिषदको मूल मर्मविपरीत संवैधानिक निकायमा आफू अनुकूलका मानिस भर्ने कुत्सित नियतका साथ संसद अधिवेशनलाई छल्नका लागि हतार–हतारमा संवैधानिक परिषदसम्बन्धी अध्यादेश जारी गर्नु सर्वसत्तावाद र निरंकुशतातर्फ सरकार अगाडि बढेको थप प्रमाण हो । यस्ता कार्यको म घोर विरोध गर्दछु’, वरिष्ठ नेता पौडेलले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७