अब संवैधानिक परिषद वैठकका लागि प्रधानमन्त्रीसहित तीन जना भए हुने (अध्यादेशसहित)


३० मंसिर २०७७, मंगलवार
oli

काठमाडौं, ३० मंसिर । सरकारले संवैधानिक परिषदमा अध्यक्षसहित तत्काल कायम बहुमत सदस्यको उपस्थितिलाई गणपूरक संख्या मान्ने गरी अध्यादेश ल्याएको छ ।

आइतबार र मंगलबार गरी दुईपल्ट परिषदको बैठकमा गणपूरक संख्या नपुगेपछि सरकारले मंगलबार दिउँसो अध्यादेश ल्याएको हो ।

सरकारले संवैधानिक परिषदसम्बन्धी ऐनको दफा ६ को उपदफा ३ संशोधन गरी ल्याएको अध्यादेश अनुसार अब ३ सदस्य उपस्थित भए गणपूरक संख्या पुरा भएको मानिने छ । हाल परिषदमा ५ जना सदस्य बहाल छन् भने उपसभामुख रिक्त छ ।

बैठकमा पेस भएको विषयमा सर्वसम्मत निर्णय हुने र पहिलो बैठकमा निर्णय नभए तत्काल बहाल सदस्यको बहुमत सदस्यका आधारमा निर्णय हुने अध्यादेशमा उल्लेख छ ।

अध्यादेशमा गरिएको व्यवस्था अनुसार अब सभामुख र प्रमुख प्रतिपक्षी दलको नेता अनुपस्थित भए पनि बैठक बस्ने र तीन जनाको सहमतिमा निर्णय गर्न सक्नेछ ।
यस्तो छ अध्यादेश

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७