संसद छलेर ल्याइएको अध्यादेशमा कांग्रेसको प्रष्ट विमति छ : देउवा

‘सभामुखलाई विश्वासमा नलिई कोरम पुगेन भन्नु हाँस्यास्पद’


३० मंसिर २०७७, मंगलवार
deuwa

काठमाडौं, ३० मंसिर । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले संसद छलेर संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याउनु अलोकतान्त्रिक भएको बताएका छन् ।

उनले सरकारले मंगलबार दिउँसो जारी गरेको अध्यादेशप्रति कांग्रेसको प्रष्ट विमति रहेको स्पष्ट पारेका छन् । देउवाले सरकारको यो कदमले सर्वसत्तावादी सोच झनै प्रस्टिएको बताएका छन् । ‘

उपसभामुख पद खाली राखेर, सभामुख जस्तो गरिमामय व्यक्तित्वलाई विश्वासमा नलिई कोरम पुगेन भन्नु हाँस्यास्पद छ,’ मंगलबार बिहान बैठकका लागि बालुवाटार पुगेर फर्किएका देउवाले ट्वीट गर्दै भनेका छन्, ‘संसद् अधिवेशन छलेर संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याउनु अलोकतान्त्रिक छ, यसबाट सर्वसत्तावादी सोच झनै प्रस्टिएको छ, यसमा नेपाली कांग्रेसको प्रष्ट विमति छ ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७