घरेलु मैदानमा जित निकाल्दै बार्सिलोना शीर्ष पाँचमा


२ पुष २०७७, बिहीबार
2020 12 17 Barca

काठमाडौं, २ पुस । बार्सिलोना स्पेनिस ला लिगा फुटबलकोे शीर्ष पाँचमा पुगेको छ । बुधबार राति भएको खेलमा रियल सोेसिडाडसँग २–१ गोलकोे जित निकाल्दै बार्सिलोेनाले आफूलाई शीर्ष पाँचमा स्थापित गरेको हो ।

घरेलुु मैदानमा भएको खेलमा बार्सिलोनालाई जित दिलाउन जोर्डी आल्बा र डी योङले एक–एक गोल गरे । उता सोसिडाडका लागि विलियन जोसेले एक गोल गरे ।

खेलको २७ औं मिनेटमा जोेसेको गोलमा पाहुना टोली सोेसिडाडले अग्रता बनाएको थियो । ३१ औं मिनेटमा आल्बाले घरेलु टोली बार्सिलोनाका लागि बराबरी गोेल फर्काएका थिए ।

४३ औं मिनेटमा डी योङले गोल गर्दै बार्सिलोनालाई २–१ गोलको जित दिलाए । पछिल्लो समय ला लिगामा खराव अवस्थामा भएको बार्सिलोनाले लिगमा लगातार दुई खेलमा जित निकाल्न सफल भएको हो ।

जितसँगै बार्सिलोनाले १२ खेलबाट २० अंक जोडेको छ । बार्सिलोना अंक तालिकाकोे पाँचौ स्थानमा छ । परातिज सोसिडाड तालिकामा एक स्थान तल झरेको छ । लिगमा १४ खेल खेलेको सोसिडाडको २६ अंक छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७