मेसी र रोनाल्डोलाई पछि पार्दै लेवान्दोस्की बने फिफा वर्ष–२०२० को उत्कृष्ट खेलाडी


३ पुष २०७७, शुक्रबार
lewandowski IYVkvHsmrd

काठमाडौं, ३ पुस । फिफाको वर्ष २०२० को ‘द बेष्ट’ को उपाधि रोबर्ट लेवान्दोस्कीले पाएका छन् । उपाधि जितेसँगै लेवान्दोस्कीले लियोनल मेस्सी र क्रिस्टियानो रोनाल्डोको वर्चश्वलाई फेरि एक पटक तोडेका छन् ।

मेस्सी र रोनाल्डोलाई पछि पार्दै अन्तिम मनोनयनमा उनले पहिलो पटक यो अवार्ड जितेका हुन् । लेवान्दोस्कीले पछिल्लो सिजन बायर्न म्युनिखलाई युरोपको सर्वोत्कृष्ट सफल क्लब बनाउन भूमिका खेलेका थिए । उनी च्याम्पियन्स लिगमा सर्वाधिक गोलकर्ता बनेका थिए भने टिमलाई च्याम्पियन्स लिगको उपाधि दिलाउन ठूलो भूमिका खेलेका थिए ।

यसका साथै उनले टिमलाई घरेलु लिग बुन्डेसलिगको उपाधि जितेका थिए । यस्तै, फिफाको उत्कृष्ट प्रशिक्षकको अवार्ड लिभरपुलका प्रशिक्षक योर्गेन क्लोपले जितेका छन । उनले लगातार दोस्रो पटक यो अवार्ड जितेका हुन । उनले २०१९ मा पनि उत्कृष्ट प्रशिक्षकको उपाधि जितेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७