अर्जेन्टिनाको अदालतले भन्यो, ‘म्याराडोनाको शव अहिले नगाड’


३ पुष २०७७, शुक्रबार
maradona2020 10 31 07 36 44

काठमाडौं, ३ पुस । अजेन्टिनाको एक अदालतले चर्चित फुटबल खेलाडी डिएगो म्याराडोनाको शव गाड्न रोक लगाएको छ ।

बीबीसीका अनुसार पितृत्व मामिलामा अनुसन्धान गर्न उनको डीएनए परीक्षण गर्न आवश्यक हुन सक्ने भन्दै अदालतले शव सुरक्षित राख्न भनेको हो । गत महिना हृदयाघातका कारण ६० वर्षीय म्याराडोनाको निधन भएको थियो ।

२५ वर्षीया मगाली गिल नामकी युवतीले म्याराडोना आफ्ना पिता भएको दाबी गर्दै मुद्दा हालेकी छन् । यसै कारण अदालतले म्याराडोनाको डीएनए परीक्षण गर्न चाहेको हो । विवाहपछि म्याराडोनाका दुई छोरी भएका छन्, तर सम्बन्ध विच्छेदपछि उनले आफू अरू ६ बच्चाको बाबु भएको स्वीकार गरेका थिए । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७