कटुवा पेस्तोलसहित २५ वर्षीय युवक पक्राउ


३ पुष २०७७, शुक्रबार
pestol
प्रतिकात्मक तस्विर

रौतहट, ३ पुस । रौतहटमा कटुवा पेस्तोल र एक राउण्ड गोलीसहित दिलिप साह पक्राउ परेका छन् ।

प्रहरीले यमुनामाई गाउँपालिका ४ वस्ने २५ वर्षीय साहलाई बिहीबार साँझ कटुवा पेस्तोल र गोलीसहित पक्राउ गरेको जनाएको छ । जिल्ला प्रहरी कार्यालय रौतहटबाट विशेष सूचनाको आधारमा खटिएको प्रहरी गस्ती टोलीले दुर्गाभगवती गाउँपालिका ५ झाँजपुल स्थित चेकजाँच गर्ने क्रममा साहलाई पेस्तोल र गोलीसहित पक्राउ गरेको थियो ।

बी आर ३० एम ४८४१ नम्बरको भारतीय मोटरसाईकलमा सवार साहले कम्मरमा लुकाइ राखेको अवस्थामा अवस्थामा थ्री फिफ्टी कटुवा पेस्तोल बरामद गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७