मागीखाने भाँडो बन्दै एनआरएन, अस्पताल बनाउने नाममा करोडौ ठगी


२ फाल्गुन २०७४, बुधबार
NRN

 

काठमाडौं २ फागुन :  गैरआवासीय नेपाली संघ अभियान शुरु भएको झण्डै डेढ दशकबीच विश्वको ७६ देशमा (एनसिसी) नेशनल कोअर्डिनेसन काउन्सिल गठन हुँदा संस्थालाई मागीखाने भाँडो बनाउनेहरू पनि बढ्न थालेका छन् । त्यसैको उदाहरण हो अमेरिकाको निम्ति अध्यक्ष डा. केशव पौडेलले अस्पताल बनाउने नाममा गरेको ठगी । उनले आफ्नो नेतृत्वमा नेपाल ओभरसिज इन्भेष्टमेन्ट ग्रुप प्रालि स्थापना गरी ३९ जनाबाट उठाएको झण्डै १९ मध्ये ७ करोड हिनामिना भएको र सोधखोज गर्दा ग्रिनसिटी अस्पताल लोकबहादुर टन्डनसँग मिलेर ग्रिनसिटी अस्पताल किन्न खोजेको बुझिएको छ ।

NRN

नयाँ अस्पताल खोल्ने भन्दै उठाएको पैसा शुरुमा पौडेलले आफ्नो प्रोफेसन मिल्छ भन्दै जिम्मा लिएका थिए । पछि तत्काल अस्पताल नखोली जग्गा किनेको र भाउ बढेपछि अस्पताल खोल्ने योजना बनाउने उनको स्पष्टीकरण छ । लगानीकर्ताले सो इन्भेष्टमेन्ट प्रालि र ग्रिनसिटीबीच कुनै सम्बन्ध नभएको जानकारी स्वास्थ्य मन्त्रालयलाई दिएको भए पनि डाक्टरले कांग्रेस सरकारको आडमा प्रभाव पारिरहेको आरोप छ ।

जग्गा बेचेर अस्पतालमा लगानी गर्ने भन्दै टन्डनसँग मिली ७ करोड हिनामिना गर्न लागेपछि लगानीकर्ताले ११ फेब्रुअरीको बैठकलगत्तै डाक्टरसँग हिसाब मागेका छन् । डाक्टरले प्रवासमा उठाएको रकम हिनामिना गरी हिसाब नदेखाएपछि अख्तियारले पनि छानबिन गरिरहेको छ । डाक्टरले सबै कामको जिम्मा दिएका टन्डन भने युनिटी लाइफको ठगी धन्दामा अदालतबाट दोषी ठहर भएको खबर जनआस्था साप्ताहिकमा छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७