मिना राई र कृष्णभक्त राईको नयाँ गीत सार्वजनिक


४ पुष २०७७, शनिबार
chisapani bajar

काठमाण्डौ, ४ पुस । गायिका मिना राई र कृष्णभक्त राईको स्वरमा ‘चिसापानी बजार’ बोलको लोकगीत सार्वजनिक भएको छ । गीतलाई दुर्गा बान्तवा राई अफिसियल युटुबमार्फत सार्वजनिक गरिएको हो ।

गीतमा दुर्गा बान्तवा राईको शब्द, निकेश राईको सगीत र कृष्ण भक्त राईको सगीत सम्योजन रहेको गीतको भिडियोमा दुर्गा बान्तवा राईको निर्देशन, मनोज राईको छायाँकन र सम्पादन रहेको छ ।

बजारमा भेट हुँदा माया लाउने कुरा, जिन्दगी दुःख सुख साट्ने र माया प्रेमको कुरा गीत मार्फत व्यक्त गरिएकाे गायिका गीतकार तथा संगीतकार मिना राईले बताईन । यस गितमा चिसापानी र खोटाङ बजारको सेरोफेरोलाई जोडदै केटोले केटिलाई माया प्रेमको कुराले फकाउँदा र केटिले त्यही अनुसारको जबाफ दिदा लय मिठो गरी गितबाट दिएको छ ।

कृष्ण भक्त राईको ऐरेन्जर रहेको यस गितलाई मिक्सिङ मुस्कान मुकारुङको रहेको छ । यस गितलाई सेवा रेकोर्डिङ स्टुडियोमा रेकोर्ड गरिएको थियो ।

कलाकारहरु दुर्गा बान्तवा, रोशन राई, रोमन राई, देश कुमार राई, रेनु राई, अ्एजोन राई, सेन्मिमा राई, कबिता बान्तवा राईको अभिनय रहेको छन ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७