एकै क्लबबाट धेरै गोल गर्ने पेलेको कीर्तिमानसँग मेस्सीको बराबरी


५ पुष २०७७, आईतवार
1552868351messi

काठमाडौं, ५ पुस । बार्सिलोनाका स्टार खेलाडी मेस्सीले एकै क्लबबाट खेल्दै धेरै गोल गर्ने ब्राजिली लिजेण्ड पेलेको कीर्तिमानसँग बराबरी गरेका छन् ।

मेसीले एकै क्लबबाट खेल्दै पेलेको ६४३ गोलको कीर्तिमान बराबरी गरेका हुन् । शनिबार भ्यालेन्सियासँग २–२ को बराबरी खेल्दा मेस्सीले बार्सिलोनाबाट एक गोल गरेका थिए ।
पहिलो हाफको ईन्जुरी समयमा मेसीले हेडमार्फत गोल गर्दै पेलेको कीर्तिमान बराबरी गर्न सफल रहे । मेसीले सन २००५ मा बार्सिलोनाका लागि पहिलो गोल गरेका थिए ।

८० वर्षिया पेलेले सन १९५६ देखि १९७४ सम्म १९ सिजन ब्राजिली क्लब सान्तोषबाट खेल्दै ६४३ गोल गरेका थिए । मेस्सीको गोलका बाबजुत बार्सिलोनाले तालिकाको बिचमा रहेको भ्यालेन्सियाविरुद्ध जित निकाल्न भने सकेन ।

यो नतिजाले २६ पटकको च्याम्पियन बार्सिलोना तालिकाको पाँचौ स्थानमा रह्यो । क्याटलान क्लब शीर्ष स्थानको एट्लेटिको मड्रिड भन्दा ८ अंकले पछि रह्यो । बार्सिलोना २१ अंक सहित तालिकाको पाँचौ स्थानमा छ । भ्यालेन्सिया १५ अंक सहित १२ औं स्थानमा छ । शनिबार मात्रै एट्लेटिकोले इल्चेलाई ३–१ गोल अन्तरले पराजित गरेको थियो । शीर्ष स्थानको एट्लेटिको २९ अंक रहेको छ । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७