सुमी र विजुले जिते ‘डान्सिङ विथ दि स्टार्स नेपाल’ को उपाधि

फस्ट रनरअप वुद्ध लामा र केविका गुरुङ, सेकेण्ड रनरअपमा प्रियना आचार्य र शुभम् भुजेल


५ पुष २०७७, आईतवार
sumi biju

काठमाडौं, ५ पुस । रियालिटी शो ‘डान्सिङ विथ दि स्टार्स नेपाल’ को उपाधि सुमी मोक्तान र विजु पार्कीले हात पारेका छन् । शनिबार राति भएको फाइनल प्रतिस्पर्धामा उनीहरुले दर्शकको सर्वाधिक भोट पाउँदै उपाधि हात पारेका हुन् ।

उपाधिसँगै उनीहरुले २० लाख पुरस्कारका साथै विभिन्न गिफ्ट ह्याम्पर समेत पाएका छन् । विजेतालाई हिमालय टीभीका प्रमुख धर्मराज भुसालले ट्रफी प्रदान गरेका थिए । फस्ट रनरअपको उपाधि वुद्ध लामा र केविका गुरुङले प्राप्त गरेका छन्, भने सेकेण्ड रनरअप प्रियना आचार्य र शुभम् भुजेल बनेका छन् । उनीहरुले पनि विभिन्न गिफ्ट ह्याम्पर प्राप्त गरेका छन् ।

हिमालय टेलिभिजनबाट हरेक हप्ताको शुक्रबार र शनिबार यो शो प्रशारण हुँदै आएको थियो शोमा निर्णायकको रुपमा गौरी मल्ल, दिलिप रायमाझी र रेनशा वान्तवा राई रहेका थिए । शोमा १२ जना स्टार प्रतिस्पर्धीहरुको सहभागिता थियो । १२ जना स्टार प्रतिस्पर्धी र उनीहरुको कोरियोग्राफर पार्टनरको डान्स प्रस्तुती दर्शकले हरेक हप्ता टेलिभिजनमा हेर्दै आएका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७