संसद विघटनपछि जंगीअड्डामा अधिकृतहरुको ‘विशेष’ सुरक्षा बैठक


५ पुष २०७७, आईतवार
Nepal army headquarter

काठमाडौं, ५ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीपरिषद्‌बाट संसद् विघटन गर्ने प्रस्ताव अघि बढाएसँगै नेपाली सेनाले आफ्नो मुख्यालय जंगी अड्डा भद्रकालीमा प्रमुख सैनिक अधिकृतहरु (पीएसओज) को बैठक बोलाएको छ ।

सेनाले प्रधानमन्त्रीको कदमपछि मुलुकमा पर्न सक्ने सुरक्षा चुनौती र प्रभावहरुको विषयमा छलफल गरेको हाे । नयाँ घटनाक्रमसँग मुलुकमा आउन सक्ने सुरक्षा चुनौतिको लागि नेपाली सेनाले सार्वजनिक सुरक्षा ऐन–२०२८ अनुसार नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई सहयोग गर्न सक्ने जनाएकाे छ ।

यसका साथै प्रधानसेनापति पूर्णचन्द्र थापाले पृतनापतिहरुसँग भर्चुअल माध्यमबाट छलफल पनि गरेका छन् । विकसित घटनाक्रमबाट आउनसक्ने सम्भावित सुरक्षा चुनौतिबारे प्रधानसेनापती थापाले पृतनापतीहरुसँग छलफल गरिरहेको सैन्य प्रवक्ता सहायकरथी सन्तोष बल्लभ पौडेलले बताए । छलफलमा नेपाली सेनाको ८ जना पृतनापति सहभागी छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७