ओली पक्षीय भेलामा पूर्व माओवादीबाट भट्ट मात्रै, पुल्चोकमा बादलको छुट्टै भेला

ओली पक्षीय नेताको भेलामा हरिबोल गजुरेल र टोपबहादुर रायमाझी अनुपस्थित


६ पुष २०७७, सोमबार
23dc0fdcd9b8bcb53bcec781f1905083 w1000 h500 cp

काठमाडौं, ६ पुस । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले आफू निकट निवर्तमान सांसदहरुलाई बालुवाटार बोलाएर छलफल गरिरहेका छन । अहिले बालुवाटारमा ओली निकट निवर्तमान सांसदहरुको भेला चलिरहेको छ ।

भेलामा पूर्व माओवादी कोटाबाट मन्त्री बनेका लेखराज भट्ट उपस्थित छन् । उनी प्रधानमन्त्री ओलीसँगै ड्यासमा देखिएका छन् । यस्तै पूर्व माओवादी खेमाका निवर्तमान सांसद हरिवोल गजुरेल पनि वैठकमा अनुपस्थित छन् । उनले कुनै पनि गुटको वैठकमा नजाने बताइसकेका छन् ।

baluwatar Oli Bhela 3

ओलीले संसद विघटन गरेपछि पूर्व माओवादीबाट मन्त्री बनेकाहरुले सामुहिक राजीनामा दिए पनि उद्योगमन्त्री लेखराज भट्ट र गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले भने राजीनामा दिएनन् । आइतबारै नै कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका सात मन्त्रीले सामसहिक राजीनामा दिएका थिए ।

पुल्चोकमा बादलको छुट्टै भेला
यता गृहमन्त्री तथा नेकपा सचिवालय सदस्य रामबहादुर थापा ‘बादल’ ले आफू निकट केन्द्रीय सदस्य तथा निवर्तमान सांसदहरुको छुट्टै भेला गरेका छन् । पुल्चोकस्थित सरकारी निवासमा उनले सोमबार बिहान आफू निकट सांसद र नेताहरुलाई भेलामा बोलाएका हुन् ।

badal

पूर्व माओवादीमा बादल समूहका ३५ जना केन्द्रिय सदस्य छन् । त्यसैगरी उनको पक्षमा स्थायी कमिटी सदस्यहरु पम्फा भुसाल र देव गुरुङ छन् । उनीहरु दुवै जना कार्यकारी अध्यक्ष प्रचण्डको पक्षमा छन् ।

भेलामा हितमान शाक्य, मनोज थापा, यशोधा सुवेदी, सूर्यप्रकाश सुवेदी, लेखनाथ न्यौपाने, सावित्रीकुमार काप्ले, अमृता थापा,श्रीराम ढकाल, मायाप्रसाद शर्मा, दिलिपकुमार प्रजापति,सुरेश आलेमगर, रामदीप आचार्य, महेश्वर दाहाल र युवराज भट्टराई सहभागी छन् ।

गृहमन्त्री बादल पछिल्लो समय प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा उभिएका छन् । उनको पक्षमा पूर्व माओवादीका नेताहरु टोपबहादुर रायामाझी, हरिवोल गजुरेल, लेखराज भट्ट र मणी थापा समेत छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७