प्रधानमन्त्रीको सनक र हुतिहार प्रचण्ड–माधव नेपालका कारण प्रतिनिधिसभा विघटन : गगन थापा {भिडियो}


५ पुष २०७७, आईतवार
gagan thapa

काठमाडौं, ५ पुस । प्रमुख विपक्षी नेपाली कांग्रेसका नेता गगन थापाले प्रधानमन्त्रीको सनक र हुतिहार प्रचण्ड–माधव नेपालका कारण प्रतिनिधिसभा विघटन भएको बताएका छन् ।

आइतबार नयाँ बानेश्वरमा आयोजित कोणसभामा नेता थापाले प्रधानमन्त्रीको अहंकार र प्रचण्ड–माधव नेपाल उचित भुमिका खेल्न नसक्दाको शिकार संसद र संविधान बनेको समेत आरोप लगाएको हो ।

उनले संसद विघटन गर्नसक्ने व्यवस्था अहिलेको संविधानमा नभएको बताए । उनले केहीले २०४७ को संविधानको आधारमा कांग्रेसले २०४८ मा मध्यावधी निर्वाचन गरेको तर्क गरेको संसद विघटन गर्नसक्ने व्यवस्था अहिलेको संविधानमा नराखेको तर्क गरे ।

संसदले प्रधानमन्त्री छान्न सकेन वा भएको प्रधानमन्त्रीले विश्वासको मत गुमाए मात्र संसद विघटनको अवस्था आउन सक्ने उनको भनाई छ । त्यस्तै उनले राष्ट्रपति पनि प्रधानमन्त्रीको अपराधको साक्षी मात्र नभएर साझेदार बनेको आरोप लगाए ।

भिडियाे

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७