अविलम्ब संसद् बैठक बोलाउन माग गर्ने नेकपाका ११४ सांसदको निर्णय {भिडियो}


६ पुष २०७७, सोमबार
nekapa hastachhar sankalan

काठमाडौं, ६ पुस । नेकपाका प्रचण्ड–नेपाल समूहको सांसदहरुको बैठकले अविलम्ब संसद् बैठक बोलाउन माग गर्ने निर्णय गरेको छ । संघीय संसद भवन नयाँ बानेश्वरमा बसेको बैठकले प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री र राष्ट्रपतिको कदमलाई अस्वीकार गरेको घोषणा गर्दै संसद्को नियमित अधिवेशन बोलाउन माग गरेको हो ।

बैठकले प्रधानमन्त्रीलाई नरहेको निष्कर्ष निकाल्दै संसद् विघटन गर्ने प्रधानमन्त्रीको कदम र राष्ट्रपतिको स्वीकृतिलाई अस्वीकार गर्दै प्रतिनिधिसभाको नियमित कार्य अघि बढाइनुपर्नेमा जोड समेत दिएको छ । नेपालको संविधान बमोजिम प्रतिनिधि सभालाई विघटन गर्ने अधिकार प्रधानमन्त्रीलाई नरहेको समेत निष्कर्ष बैठकले निकालेको नेता देव गुरुङले जानकारी दिएो ।

भेलाले प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री र राष्ट्रपतिको कदमलाई अस्वीकार गरेको घोषणा गर्दै संसदको नियमित अधिवेश बोलाउन माग गरेको हो । भेलामा विघटित प्रतिनिधिसभा तथा राष्ट्रिय सभाका सांसदहरु उपस्थित थिए ।

बैठकअघि गरिएको हस्ताक्षर संकलनमा विघटित प्रतिनिधिसभाका ९० र राष्ट्रिय सभाका २४ सांसदले हस्ताक्षर गरेका छन् । बुधबारलाई फेरि संसदीय दलको बैठक बोलाउने निर्णय पनि गरेको छ ।

हस्ताक्षर संकलनका भिडियाे

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७