दाजुभाइको ‘आँखा जुधाई’


७ पुष २०७७, मंगलवार
132512719 138682451201137 6830322432579011363 n

काठमाडौं, ७ पुस । नेपाली संगीत जगतमा दुई दाजुभाइ डेनी र भिषण निरौला नयाँ गीत लिएर युट्युबमार्फत बजारमा आएका छन् ।

गीतमा शब्द रचना गरेर गीतकार गौतम डंगोल ‘सन्देश’ ले साथ दिएका छन् । गत शुक्रबार एभरेष्ट ग्यालरीको युट्युब च्यानलमार्फत सार्वजनिक ‘आँखा जुधाई’ बोलको गीतमा स्वर डेनी निरौला र संगीत भिषण निरौलाको रहेको छ । निरौलाद्वय पुराना गायक तथा संगीतकार कोमल निरौलाका छोराहरु हुन् ।

132403948 725795831377113 3009706327303861899 n

यसअघि नेपाली संगीत जगतमा अब्बल संगीतकारका रूपमा दर्ज भईसकेका डेनी यस गीतमार्फत गायक भएर उदाएका छन् । उता पेशागत सहकर्मीद्वय भिषण र गौतमले भने आफ्नो सांगीतिक सहकार्यको निरन्तरताको अर्को खुड्किलोको रूपमा यस गीतलाई बजारमा लिएर आएका हुन् ।

दुई बैंकर भिषण र डंगोलबीच एउटै संस्थामा काम गर्दाका बखत भएको भेटघाट र सामिप्यता अनि साहित्य संगीतप्रतिको दुवैको रुचीले गौतमका दमदार शब्दहरूमा निरौलाका ओजपूर्ण संगीतमा धेरै गीतहरू तयार भए ।

आफ्नै दाइ स्थापित संगीतकार भएका कारण भिषण आफ्ना हरेक सिर्जनाहरू दाइलाई सुनाएर निखारताका लागि सुझाव लिने गरेको बताउँछन् । यही क्रममा ‘आँखा जुधाई’ को शब्द र संगीत मन पराएर डेनीले यो गीत आफै गाउने निर्णय गर्दै गीतलाई श्रोतामाझ ल्याएका हुन् ।

डेनी निरौलाले विभिन्न आधुनिक, चलचित्रका गीतहरुमा संगीत दिइसकेका छन् । डेनी संगीत र गायनमा उतिकै सक्रिय छन् । सांगीतिक सहकार्यका क्रममा गौतम र भिषणका धेरै गीत तयार भए, जुनमध्ये केहीको अडियो तथा भिडियो सार्वजनिक भई सकेका छन् । केहि सार्वजनिक हुने क्रममा छन् ।

उनीहरूका अन्य गीतहरूमा संगीतकार भिषण निरौला आफैलगायत चर्चित गायक–गायिका रिमा गुरूङ, झुमा निरौला आदिको स्वर छ भने संगीत संयोजनमा जेम्स प्रधान, सचिन सिं, प्रदिप श्रेष्ठ, उदयराज पौडेल, सुमित आर्या, रोमी, फणिन्द्र राईलगायतले साथ दिएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७