नेकपा आन्दोलन : तीन पूर्व प्रधानमन्त्रीहरु आफै सडकमा {फोटो फिचर}


१० पुष २०७७, शुक्रबार
CPN protest

काठमाडौं, १० पुस । प्रतिनिधिसभा विघटन विरुद्ध नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले आन्दोलन सुरु गरेको छ । प्रर्दशनमा तीन पूर्व प्रधानमन्त्री नेतृत्व अध्यक्षद्धय पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल र झलनाथ खनाल सडकमा निस्किएका छन् ।

शुक्रबार बिहानबाट माइतीघरबाट सुरु भएको आन्दोलनमा नेकपा अध्यक्षद्धय प्रचण्ड र नेपाल सहित खनाल, प्रवत्ता नारायणकाजी श्रेष्ठ लगायतका शिर्ष नेताहरु छातीमा ‘हामी यहाँ छौँ’ टाँसेर माइतीघरको सडकमा बसेका थिए ।

यसैगरी नेकपाका स्थायी कमिटी सदस्यहरु, प्रतिनिधिसभाका सांसदहरु, राष्ट्रिय सभाका सांसदहरु र केन्द्रीय सदस्यहरुलगायतका नेता कार्यकर्ताहरु उपस्थित भएर संसद विघटन विरुद्धमा आन्दोलन सुरु गरेका छन् ।

बिहीबार बसेको केन्द्रीय कमिटी बैठकले शुक्रबारबाट दैनिक रूपमा कुनै न कुनै प्रकारको विरोध गर्ने र १४ गते देशभर विरोध प्रदर्शन गर्ने निर्णय गरेको थियो । शुक्रबार माइतीघरबाट सुरु भएको प्रर्दशन कान्तिपथस्थित निर्वाचन आयोगको कार्यालय अगाडि पुगेर टुग्गिएको थियो । यसपछि नेताहरुले निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेश थपलियालाई भेटेर आफूहरु आधिकारिक नेकपा भएको बताएका छन् ।

प्रवक्ता श्रेष्ठले आफूहरुले प्रमुख निर्वाचन आयुक्तलाई भेटेर पार्टीको केन्द्रीय कमिटी बैठकमा उपस्थित भएकामध्ये माइन्युटमा हस्ताक्षर गर्ने २९५ जनाको आधिकारिक प्रतिलिपि बुझाएको बताए । जवाफमा प्रमुख निर्वाचन आयुक्तले राजनीतिक दलसम्बन्धी ऐनरकानुन हेरेर चाँडै नै निर्णय गर्ने आश्वासन दिएको पनि प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

नेकपाले निर्वाचन आयोग अगाडि कोणसभा पनि गरेका थिए । कोणसभालाई स्थायी कमिटि सदस्य योगेश भट्टराईले आधिकारिक नेकपा बालुवाटारको नेकपा नभएर सडकको नेकपा भएको बताए । नेता भट्टराईले सूर्य चिन्ह र हसिया हथौडा आफूहरुको भएको बताएका हुन् ।

नेता भट्टराईले प्रतिनिसभा पुनः स्थापना नहुदासम्म र नेकपाका नेता बालुवाटारमा नबस्दासम्म आन्दोलन जारी रहने बताए । निर्वाचन सबैधानिक आयोग भएकोले तलमाथि गर्न नपाउने समेत बताए । उनले भने,‘यो सूर्य चिन्ह, यो हसिया हथौडा झन्डा हाम्रो हो ।’

नेता भट्टराईले सभामुखले तत्काल संसद अधिवेशन बोलाउनुपर्ने माग समेत गरे । उनले भने, ‘बहुमत मात्रै होइन दुई तिहाई सांसदहरु संसदमा उपस्थित हुन्छ ।’

MK Nepal CM Parchanda
NCP Parchanda and MK Nepal
Nepal Comunist party Nepal
JN Khanal and parchanda
Yogesh Bhattarai 2
Ghashyam Busal

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७