चैतदेखि खुल्याे बन्द सिनेमा हल


१० पुष २०७७, शुक्रबार
cinema hall

काठमाडाैं, १० पुस । कोरोना सङ्क्रमणको जोखिमका कारण गएको चैतदेखि बन्द सिनेमा हल शुक्रबारदेखि खुल्ला भएका छन् ।

व्यापार व्यवसाय, विद्यालय, कलकारखाना, यातायात खुले पनि सिनेमा हल खुलाउन सरकारले चासो नदिएको भन्दै हल सञ्चालक आफैँले शुक्रबारदेखि सिनेमा हल सञ्चालन गरेका हुन् । विश्व स्वास्थ्य संगठन र नेपाल सरकारको निर्देशन तथा स्वास्थ्य मापदण्डअनुसार नै सिनेमा हल खुलाइएको नेपाल चलचित्र संघका अध्यक्ष मधुसुदन प्रधानले बताए ।

हलमा छिर्ने बेला भीडभाड हुन नदिने, स्यानिटाइजरको प्रयोग गराउने, माक्सबिना हलभित्र जान नदिने र दुई दर्शकबीचको सिट खाली राखेर सञ्चालन गरिएको उहाले बताए ।

नेपाल हल संघको निगरानीमा स्वास्थ्य मापदण्ड पालन भए नभएको पनि अनुगमन गर्ने प्रधानले जानकारी दिए । सकेसम्म हलको पूरा टिकटमध्ये ५० प्रतिशत मात्र टिकट अनलाइनबाट बेच्ने, अनलाइन सेवा नभएमा २ मिटरको दूरी कायम गरी टिकट बेच्ने, ज्वरो नाप्ने यन्त्रको प्रयोग गरी हलभित्र प्रवेश गराउने प्रावधान पनि राखिएको छ ।

भिडियाे

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७