क्रोएसियामा ६.४ रेक्टरको भूकम्प, १२ वर्षीया बालिकासहित ७ जनाको मृत्यु


१५ पुष २०७७, बुधबार
Croatia earthquake

काठमाडौं, १५ पुस । क्रोएसियामा मंगलबार ६.४ म्याग्नेच्यूडका भूकम्प गएको छ । भूकम्पका कारण कम्तीमा ७ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमध्ये १ जना १२ वर्षीया बालिका समेत रहेको बीबीसीले जनाएको छ । सैयौं मानिस घाइते भएका छन् भने सैयौं घरहरू भत्किएका छन् । अहिले पनि उद्दारको कार्य जारी रहेको सरकारी एन १ टेलिभिजनले जनाएको छ ।

सोमबार पनि क्रोएसियामा ५.२ रेक्टर स्केलको भूकम्पको कम्पन महसुस गरिएको थियो । भूकम्पको झड्का ब्रोसिया, सर्बिया र इटलीमा समेत महसुस गरिएको थियो । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७