प्रिमियर लिग : म्यान्चेस्टर युनाईटेड उक्लियो दोस्रोमा


१५ पुष २०७७, बुधबार
116297102 brunofernandes

काठमाडौं, १५ पुस । इङलिस प्रिमियर लिग फुटबलमा गए राति म्यान्चेस्टर युनाईटेड, आर्सनल र लिड्स युनाईटेड विजयी भएका छन् ।

तालिकाको दोस्रो स्थानमा उक्लिनेक्रममा म्यान्चेस्टर युनाईटेडले वुल्भरह्याम्पटन वान्डरर्सलाई १–० ले हरायो । कठिन खेलमा म्यान्चेस्टर युनाईटेडलाई विजयी गराउन मार्कस रास्फोर्डले इन्जुरी समयमा निर्णायक गोल गरे । जितसँगै म्यान्यूले अंक तालिकामा शीर्ष स्थानको लिभरपुलसँग दूरी छोट्याएको छ ।

१५ खेलबाट लिभरपुलको ३२ अंक छ भने म्यान्चेस्टर युनाईटेडको ३० अंक भएको छ । प्रिमियर लिगकै अर्को खेलमा गए राति आर्सनलले ब्राइटनलाई १–० ले हराउँदा लिड्स युनाईटेडले वेष्ट ब्रोममाथि ५–० को फराकिलो जित निकालेको छ ।

यसैगरी बर्नलेले शेफिल्ड युनाईटेडलाई १–० ले पराजित गर्दा वेष्ट ह्याम युनाईटेड र साउथह्याम्पटनले गोलरहित बराबरी खेलेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७