खोटाङमा बसको ठक्करबाट वृद्धाको मृत्यु


२४ आश्विन २०७४, मंगलवार
death
Corpse

खोटाङ: बसको ठक्करबाट यहाँ एक वृद्धाको मंलबार बिहान घटनास्थलमै मृत्यु भएको छ ।दिक्तेलबाट जयरामतर्फ जाँदै गरेको बा ३ ख ६३३५ नं को बसले ठक्कर दिँदा हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडाकी ७७ वर्षीया जरीकन्या राईको मृत्यु भएको हो ।

death

वृद्धाको मृत्यु भएपछि आफन्तले सडक अवरुद्ध गरेका छन् । दोषीलाई कडा कारबाही र मृतकका परिवारलाई तत्काल क्षतिपूर्ति उपलब्ध गराउन माग गदै आफन्तले दिक्तेल–हलेसी सडक अवरुद्ध गरेका हुन् । घटनाको अनुसन्धान गर्न र अवरुद्ध सडक खुलाउन टोली परिचालन गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक लोकदर्शन थापाले बताए ।

दुर्घटनालगत्तै बस चालक अर्जुन राईलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घरबाट घाँस काट्न भनेर हिँडेकी राईलाई बयाक्ता भन्ने ठाउँमा सडक पार गर्ने क्रममा बसले ठक्कर दिएको प्रत्यक्षदर्शीले बताएका छन् ।

मृतकका आफन्तले सडक अवरुद्ध गरेपछि शव उठ्न सकेको छैन । घटनास्थल जिल्लाको पश्चिमी क्षेत्र ओखलढुंगाको सिमानामा पर्छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७