चिनियाँ आएसँगै दक्षिणको टोली पनि आयो दौडँदै


१५ पुष २०७७, बुधबार
china india flag ggMBEZRUgi

काठमाडौं, १५ पुस । चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ येचौको नेतृत्वमा चार सदस्यीय टोली आइतबारदेखि राजनीतिक भेटघाटमा व्यस्त छ । र, त्यसको भोलिपल्टै दक्षिणी छिमेक भारतबाट अर्को टोली काठमाडौं उत्रिएको छ ।

चिनियाँ टोलीका नेता गुओले सबैसँग एउटा समान जिज्ञासा राखेका थिए, ‘कसरी यो समस्या आयो ?’ शीतल निवास र बालुवाटारले खुमलटार र कोटेश्वरतिर तेस्र्याए पनि उताको भेटमा भने समस्याको उत्पत्तिका बेलिबिस्तार सबै दस्तावेज पल्टाएरै गराइएको स्रोतले बताएको छ । नेकपा अध्यक्ष माधवकुमार नेपालसँगको भेटमा प्रधानमन्त्रीको आनिबानी र कम्युनिष्ट पार्टीलाई मूलभूत रूपमा कस्तो बनाउने भन्नेमा रहेको उनीसँगको अन्तर्विरोधलाई सचित्र केलाइएको थियो ।

एभरेष्ट होटल बानेश्वरको सातौं तल्लामा घाम ताप्दै नेपालसँगको कुराकानीमा चिनियाँहरूले नेकपाको आन्तरिक समस्यामा आफूहरूले हस्तक्षेप गर्न नचाहेको पटक पटक उच्चारण गरेका थिए । उनीहरूको भनाइ थियो, ‘मिलेर जानुस् भन्नेमात्र हाम्रो चाहना हो ।’ त्यहीबीचमा टोलीका एक जनाले सोधे, ‘मिल्ने सम्भावना कत्तिको छ होला ?’ नेपालको जवाफ थियो, ‘हाम्रा उपाध्यक्ष वामदेव गौतमले कोसिस गर्दै हुनुहुन्छ ।’

फेरि चिनियाँले सोधे, ‘उहाँसँग त्यस्तो के सूत्र छ होला मिलाउनको लागि ?’ नेपालले फ्याट्ट भने, ‘प्रधानमन्त्रीको दिमाग परिवर्तन गर्न कस्सिएको छु भन्नु भएको छ । हेरौं, उहाँले कति सक्नुहुन्छ’, यसो भनिनसक्दै माधवले थपे, ‘उहाँले जे भनेपनि म चाँहि त्यति धेरै आशावादी छैन । वामदेवले म जोडतोडका साथ लाग्छु भन्नु भएको छ । हेरौं, कति पार लाग्छ ! उहाँ धेरै आशावादी हुनुहुन्छ ।’

यसअघि मंसिरको ३० र पुस १ का निम्ति नेपालबाट परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवाली भारत भ्रमणमा जाने टुंगो लागेको थियो । तर, विकसित घटनाक्रमले त्यो रोकिएर उत्तरको टोली आए जस्तै दक्षिणको पनि ताँती लाग्न थालेको छ ! अस्ति सोमबार एअर इण्डियाको उडानबाट आलोक रञ्जन झासहित तीन जना भारतीय अधिकारी (निधि आनन्द र विनय बहल) आए लगत्तै भेटघाट शुरु भएको छ ।

त्यहाँको बिदेश मन्त्रालयमा ‘रअ’ ले आफ्नो सम्पर्क अधिकारी खटाउने प्रचलन छ । उनी पनि त्यस्तै भूमिकाका मानिन्छन् । ०५४ को एमाले विभाजनताका काठमाडौंस्थित भारतीय दूतावासमा कार्यरत मनोज भारती (विशेष अतिरिक्त सचिव) मातहत इस्ट्याब्लिस्मेन्ट र गेम डिभिजन प्रमुख) अर्कातिर नेकपा नेता वामदेव गौतमले पार्टी एकता जोगाउने पहलअन्तर्गत अस्ति बहान र दिउँसो गरी दुईपटक बिष्णु पौडेल र एकचोटि हरि पराजुली अनि भाष्कर काफ्लेलाई घरमै भेटेका छन् । जनआस्था साप्ताहिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७