लेखनाथ पुस्तकालयबाट स्रष्टालाई सम्मान


१५ पुष २०७७, बुधबार
lekhnath samman 1024x576 1

काठमाडौं, १५ पुस । नेपाली भाषा र साहित्य क्षेत्रका विभिन्न विधामा योगदान पुर्‍याउने स्रष्टा तथा संस्थालाई लेखनाथ पुस्तकालयले सम्मान गर्ने भएको छ ।

पुस्तकालय समितिको आज बिहान बसेको बैठकले ‘श्रीप्रसाद ओली स्मृति साहित्य सम्मान’ हास्यव्यङ्ग्य कवितामा योगदान पुर्‍याएवापत कनकाई नगरपालिकाका कोमलप्रसाद पोखरेललाई रु ५१ हजार १११ सहित प्रदान गर्ने निर्णय गरेको छ ।

त्यस्तै ‘श्यामकृष्ण कामाक्ष श्रेष्ठ साहित्य सम्मान’ इलामका सोमप्रसाद निरौला, ‘भक्तिकिरण साहित्य सम्मान’ दमककी सुमित्रा वाङ्देल चेली, ‘चूडामणि रेग्मी झर्राे साहित्य पुरस्कार’ काँकरभिट्टास्थित सुसेली साहित्य परिवार र ‘छन्दोबद्ध कवि सम्मान’ मेचीनगरकी शिशा थारुलाई दिइने भएको छ ।

ती पुरस्कारको राशि क्रमशः रु १५ हजार, रु छ हजार, रु २५ हजार र रु एक हजार रहेको पुस्तकालयका अध्यक्ष नवराज घिमिरेले बताउनुभयो । विसं २०७७ का लागि ती पुरस्कार कविशिरोमणि लेखनाथ जन्मजयन्तीका अवसरमा प्रदान गरिने जनाइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७