प्रचण्ड पत्नी सीता अस्पताल भर्ना


१५ पुष २०७७, बुधबार
sita dahal

काठमाडौं, १५ पुस । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहाल अस्पताल भर्ना भएकी छन् । उनकी छोरी गंगाले आमालाई मेडीसिटी अस्पताल भर्ना गरेको जानकारी दिएकी छिन् ।

सीता लामो समयदेखि अस्वस्थ थिइन् । बुधबार थप गाह्रो भएपछि अस्पताल भर्ना गरिएको गंगाले जानकारी दिइन् । उनले फेसबुकमा लेखेकी छन्, ‘मम्मीको उपचारको क्रममा हस्पिटल, शीघ्र स्वास्थ्य लाभको कामना मम्मी ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७