नर्वेमा भीषण पहिरो : कम्तीमा २१ जना बेपत्ता, थुप्रै घर नष्ट


१६ पुष २०७७, बिहीबार
norway landslide InJUemS8H6

काठमाडौं, १६ पुस । नर्वेको एक गाउँमा पहिरो जाँदा १० जना घाइते भएका छन् भने २१ जना बेपत्ता भएको खबर प्रकाशित छ । थुप्रै घर माटोमा मिलेका छन् ।

लगभग ७ सय जनालाई नर्वेको गेजरड्रम गाउँबाट सुरक्षित बाहिर निकालिएको छ । यो गाउँ राजधानी ओस्लोबाट उत्तर–पूर्वमा लगभग २५ किलोमिटर टाढा छ ।

एक व्यक्ति गम्भीर रुपमा घाइते भएको खबर छ । प्रधानमन्त्री एर्ना सोलबर्गले हाल स्थिती निकै असामान्य भएको र हेलिकोप्टरबाटै राहत–उद्धार कार्य गर्न सकिएको जानकारी दिएका छन् । उनले पत्रकारसँग भने, ‘यो अकल्पनीय घटना हो ।’

सोसल मिडियामा उनले भने, ‘प्राकृतिक शक्तिले गेजरड्रमलाई कसरी बर्बाद गरिदियो, यो निकै दर्दनाक छ । मेरो समवेदना हरेक ती व्यक्तिसँग छ जो यो पहिरोबाट प्रभावित भएका छन् ।’ एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७