यमनमा नयाँ सरकार आउने बित्तिकै विमानस्थलमा भयानक बिष्फोट, २२ को मृत्यु


१६ पुष २०७७, बिहीबार
yaman jsT87CdNF4

काठमाडौं, १६ पुस । यमनको दक्षिण शहर अदनको विमानस्थलमा भयानक बिष्फोट हुँदा कम्तीमा २२ जनाको मृत्यु भएको छ भने ५० भन्दा बढी घाइते भएका छन् ।

सुरक्षा अधिकारीका अनुसार नयाँ सरकारको सदस्य लिएर आएको विमान साउदी अरबबाट विमानस्थल पुग्ने बित्तिकै बिष्फोट भएको हो । मारिएकामा सहायक कर्मचारी र अधिकारी समावेश छन् । प्रधानमनत्रीले आफू र आफ्नो मन्त्रीमण्डल ठिक भएको बताएका छन् ।

सूचनामन्त्रीले हूती विद्रोहीमाथि आरोप लगाउँदै यो हमलालाई एक कायरतापूर्ण चरमपन्थी हमला बताएका छन् । मन्त्री इरियानीले ट्वीट गरे, ‘हामी आफ्ना मानिसहरुलाई आश्वस्त गर्न चाहन्छौं कि मन्त्रीमण्डलका सबै मन्त्र सुरक्षित छन् र विमानस्थलमा इरान समर्थित हूती विद्रोहीको कायरतापूर्ण चरमपन्थी हमला हाम्रो जिम्मेवारीलाई भट्काउन सक्ने छैन र हाम्रो जीवन अन्य यमनीको तुलनामा धेरै मूल्यवान् पनि छैन । अल्लाहले मारिएका मानिसहरुलाई शान्ति प्रदान गरुन् र म घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गर्छु ।’

yaman

यमन सन् २०१५ देखि सुरु भएको गृहयुद्ध पछि बर्बादीको स्थितीमा पुगेको छ । हूती विद्रोहीले देशको धेरैजसो पश्चिमी भागमा नियन्त्रण गरेपछि र साउदी अरब समर्थित राष्ट्रपति अब्दूरब्बू मंसूर हादी देश छोडेर भाग्न बाध्य बनाइएपछि साउदी अरबको नेतृत्व भएको सैन्य गठबन्धनले यमको युद्धमा हस्तक्षेप गरेको थियो । त्यसपछि लगातार यमनको स्थिती बिग्रँदो स्थितीमा छ ।

yaman1 WfubCNDn9m

यो लडाईंका कारण हालसम्म १ लाख १० हजार बढीको मृत्यु भइसकेको छ । यसबाहेक दशौं हजार नागरिकको मृत्यु यस्तो कारणले भएको छ जसलाई रोक्न सकिन्थ्यो । यसमा कुपोषण, रोग र भोकमरी समावेश छ । बुधबारको यो घटनाको एउटा भिडियो सार्वजनिक भएको छ । जसमा एक घातक बिस्फोट स्पष्ट रुपमा देख्न सकिन्छ । यो बिस्फोट हुनु केही मिनेट अघि मात्रै मन्त्रीमण्डलका सदस्य हवाई जहाजबाट उत्रिएका थिए ।

मन्त्रीको स्वागतका लागि ठूलो संख्यामा भीड पनि जुटेको थियो । तर बिष्फोट भए लगत्तै मानिसहरु यताउता भाग्न थाले । केही बेरपछि गोलीको आवाज पनि सुनियो । एएफपी समाचार एजेन्सीका संवाददाताले दिएको जानकारी अनुसार कम्तिमा दुई बिष्फोटको आवाज सुनियो ।

yaman2 DMhSwn4LKv

यद्यपि, बिष्फोट गराउनुको कारण हालसम्म स्पष्ट हुन सकेको छैन । साउदी टेलिभिजन च्यानल अल–हदथले एक भिडियो जारी गर्दै एउटा मिसाइलले टरम्याकलाई ठक्कर दिएपछि बिष्फोट भएको बताएको छ ।

यसअघि सन् २०१९ को अगस्ट महिनामा अदनमा एक सैन्य परेडमा हूती विद्रोहीको मिसाइल हमलामा ३६ जनाको मृत्यु भएको थियो । आइसीआरसी (इन्टरनेशनल कमिटी अफ द रेड क्रस) ले बुधबार भएको हमलामा उनका एक सदस्य मारिएको जबकी तीन जना घाइते भएको बताएको छ ।

यमनको न्यूज वेबसाइट अल–मसदर अनलाइनको रिपोर्ट अनुसार श्रम मन्त्रालयका एक अन्डरसेक्रेटरी यास्मिन अल अवधि मारिएका छन् । साथै युवा तथा खेल मन्त्रालयका उप–मन्त्री मोनेर अल –वजिह र यातायात मन्त्रालयका उप–मन्त्री नासिर शरिफ हमलामा घाइते भएका छन् ।

हमलापछि प्रधानमन्त्री मइन अब्दुलमलिक सईद र उनको मन्त्रीमण्डललाई सुरक्षाको घेरामा राखेर बाहिर लगिएको छ । प्रधानमन्त्री सईदले ट्वीट गरे, ‘हामी र सरकारका अन्य सदस्य अदनमा छौं र हामी सुरक्षित छौं ।’ उनले लेखे, ‘कायर चरमपन्थीले अदन विमानस्थललाई निशाना बनाए जुन यमनका जनता र यमनविरुद्ध सुरु गरिएको युद्धकै हिस्सा हो ।’ एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७