गुर्जुधारामा टिप्परको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु


१६ पुष २०७७, बिहीबार
Gurjudhara Accident

काठमाडौं, १६ पुस । काठमाडौंको चन्द्रागिरी नगरपालिका–१२, गुर्जुधारामा टिप्परको ठक्करबाट दुई जना पैदल यात्रीको ज्यान गएको छ ।

गए राति १० बजेतिर बा ४ ख २५७७ नम्बरको टिपरले ठक्कर दिँदा बाटो काट्दै गरेका दुई जनाको ज्यान गएको हो । ज्यान गुमाउनेहरुमा धादिङको गल्छी घर भएर थापाथली बस्ने २७ वर्षीय अभय लामा र चितवन घर भइ गुर्जुधारा बस्ने २५ सुभाष गमाल रहेका प्रहरीले जनाएको छ । दुवै जनाको घटनास्थलमै ज्यान गएको हो । टिप्पर चालक रामचन्द्र थापालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७