प्रधानमन्त्री कप महिला क्रिकेटमा आज दुई खेल हुँदै


१६ पुष २०७७, बिहीबार
Pm cup women cricket 3

दाङ, १६ पुस । दाङको लमहीमा भइरहेको प्रधानमन्त्री कप महिला क्रिकेट प्रतियोगितामा आज समूह ‘बी’ का दुई वटा खेल हुँदैछन् ।

आजको पहिलो खेल बिहान साढे नौ बजे वाग्मती प्रदेश र सुदूरपश्चिम प्रदेशबीच हुनेछ । यस्तै दोस्रो खेल दिउँसो सवा एक बजे गण्डकी प्रदेश र प्रदेश नम्बर १ का बीच हुनेछ जनाइएको छ । प्रदेश–१ प्रधानमन्त्री कप महिला क्रिकेटको सेमिफाइनलमा पुगिसकेको छ । हिजोको खेलमा सुदूरपश्चिम प्रदेशलाई पाँच विकेटले हराएर प्रदेश–१ अन्तिम चारमा पुगेको हो ।

सुदूरपश्चिमले दिएको ५४ रनको लक्ष्य प्रदेश–१ ले १५ ओभर १ बलमा ५ विकेट गुमाएर भेट्टायो । यस्तै हिजोको दोस्रो खेलमा वाग्मती प्रदेशले गण्डकीलाई ६५ रनले हराएको छ । वाग्मतीले दिएको १५४ रनको लक्ष्य पछ्याएको गण्डकीले ५ विकेट गुमाएर जम्मा ८८ रन बनाउन सक्यो ।
वाग्मतीले सेमिफाइनलको आशा कायमै राखेको छ । गण्डकी भने बाहिरिएको छ । समूह ’ए’ बाट एपीएफ र लुम्बिनी सेमिफाइनलमा पुगिसकेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७