हिउँदे अधिवेशनको तयारी पूरा, राष्ट्रियसभाका सांसदहरुको आज कोरोना परीक्षण गरिंदै


१६ पुष २०७७, बिहीबार
samsad

काठमाडौं, १६ पुस । राष्ट्रियसभाका सांसदहरुको आज (बिहीबार) कोरोना परिक्षण गरिंदैछ । भोलि (शुक्रबार) देखि हिउँदे अधिवेशन शुरु हुने भएकाले आज सबै सांसदहरुको कोरोना परीक्षण गर्न लागिएको राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले जानकारी दिएका छन् ।

उनले अधिवेशनका लागि स्वास्थ्य सावधानीका मापदण्डलगायत अन्य सबै तयारी पूरा भईसकेको समेत जानकारी दिए । यो अधिवेशन लामो समयसम्म लैजान नसकिने तिमिल्सिनाले बताएका छन् ।

Komal

प्रतिनिधिसभा विघटन भएको अवस्थामा बिलहरु दुवै सदनबाट पास गरेर ऐन बन्ने अवस्था नरहेको भन्दै उनले सरकारी बिजनेश विना अधिवेशन लामो समय लैजान नसकिने बताएका हुन् । अध्यक्ष तिमिल्सिनाले आवश्यक स्वास्थ्य सुरक्षा मापदण्ड र उच्च सतर्कता अपनाएर बैठकमा उपस्थित हुन राष्ट्रियसभाका सदस्यहरुलाई आग्रह समेत गरेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७