नेकपा प्रदेश–१ को संसदीय दलको नेतामा भीम आचार्य चयन, शेरधन राईलाई हटाइयो


१६ पुष २०७७, बिहीबार
Bhim Acharya Sherdhan Rai a9sSWggyFG

विराटनगर, १६ पुस । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश–१ को संसदीय दलको नेताबाट शेरधन राईलाई हटाएको छ ।

आज (बिहीबार) बसेको बहुमत सांसदको बैठकले राईलाई हटाएर भीम आचार्यलाई दलको नेता चयन गरेको छ ।

संसदीय दलको नेतामा मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेको नेकपा प्रचण्ड–माधव पक्षले भीम आचार्यलाई मुख्यमन्त्रीमा प्रस्ताव गरेको थियो । प्रदेश–१ मा नेकपाका ६७ सांसद छन् । उनीहरुमध्ये ३७ जनाले राईविरुद्ध अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका थिए । बुधबारको बैठकमा भने ३६ जना उपस्थित थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७