लोकसेवा आयोगले बुझायो राष्ट्रपतिलाई वार्षिक प्रतिवेदन


प्रकाशित मिति : December 31, 2020

काठमाडौं, १६ पुस । लोकसेवा आयोगले बिहीबार आफ्नो वार्षिक प्रतिवेदन राष्ट्रपति समक्ष पेस गरेको छ ।

राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित कार्यक्रममा आयोगका अध्यक्ष उमेशप्रसाद मैनालीले राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष आर्थिक वर्ष २०७६–७७ को वार्षिक प्रतिवेदन पेस गरेका हुन् । नेपालको संविधानको धारा २९४ अनुसार आयोगले राष्ट्रपति समक्ष प्रतिवेदन पेस गर्नुपर्ने व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस्