चोरीका दुई मोटरसाइकलसहित पाँच जना पक्राउ


१६ पुष २०७७, बिहीबार
389373e6b41cc47b896f70681ad45e68 w1000 h500 cp

काठमाडौं, १६ पुस । काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट मोटरसाइकल चोरीमा संलग्न पाँच जनालाई महानगरीय ट्राफिक प्रहरी महाशाखाले पक्राउ गरेको छ ।

महाशाखाको पीडित सहायता ईकाइबाट सादा पोसाकमा खटिएको ट्राफिक प्रहरी टोलीले तार्केश्वर–६, धर्मस्थलीबाट १ जना र काठमाडौँ–१६, म्हैपीबाट ४ जना गरी मोटरसाईकल चोरी गर्ने ५ जनालाई बुधबार पक्राउ गरेको जानकारी ट्राफिक महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले दिए ।

धर्मस्थलीबाट जिल्ला नुवाकोट काउले गाउँपालिका वडा नं. ५ घर भई हाल काभ्रेस्थली बस्ने वर्ष २२ को रमेश तामाङ्गलाई प्रदेश ३–०२,०१६ प ३८०४ नम्वरको रातो रंगको २०० सी.सी. को पल्सर मोटरसाईकलसहित पक्राउ गरिएको महाशाखाले जनाएको छ ।

उक्त नम्वरको मोटरसाईकल मिति २०७७ कार्तिक ०२ गते खुमलटार ललितपुरबाट हराएको हुँदा खोज तलास गरि पाउँ भनि रोशन अधिकारीले निवेदन यस महाशाखामा दिएको थिए । उक्त निवेदनका आधारमा मोटरसाईकल र मानिस पक्राउ गरी आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी वृत्त, सातदोबाटो ललितपुर पठाईएको छ ।

त्यस्तै, काठमाडौ म्हैपीबाट जिल्ला नुवाकोट दुप्चेश्वर गाउँपालिका वडा नं. ५ घर भई हाल काठमण्डौ झोर बस्ने वर्ष २२ को किरण लामा, जिल्ला नुवाकोट दुप्चेश्वर गाउँपालिका वडा नं. ५ घर भई हाल काठमण्डौ गणेशथान बस्ने वर्ष २१ को क्षितिज तामाङ्ग, जिल्ला नुवाकोट सुर्यगडी गाउँपालिका वडा नं. १ घर भई हाल जिल्ला काठमाण्डौ मनमैजु बस्ने वर्ष २३ को दिपक तामाङ्ग र जिल्ला बारा करैया गाउँपालिका वडा नं. ४ घर भई हाल तार्केश्वर नगरपालिका वडा नं. १० बस्ने वर्ष २३ को गंगा चौधरी पक्राउ गरिएको महाशाखाले जनाएको छ ।

उनीहरूको साथबाट प्रदेश ३–०२–०१५ प ३६०४ नम्वरको कालो रंगको १५० सी.सी.को पल्सर मोटरसाईकल पक्राउ परकोमा उक्त मोटरसाईकल वास्तविक नम्बर बा ९८ प ३९७६ रहेको अनुसन्धानबाट खुल्न आएको छ ।

उक्त नम्वरको मोटरसाईकल मिति २०७७ असार २१ गते जिल्ला काठमाण्डौ तार्केश्वर नगरपालिका वडा नं. ५ गोल्ढुङ्गाबाट हराएको हुँदा खोज तलास गरि पाउँ भनि प्रविन ढुंगानाले हुलिया सहितको निवेदन यस महाशाखामा दिएको थिए । उक्त निवेदनका आधारमा मोटरसाईकल र मानिस पक्राउ गरी आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी वृत्त, बालाजु पठाईएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७