चीनमा बनेको कोरोनाविरुद्धको भ्याक्सिनलाई प्रयोग अनुमति


१६ पुष २०७७, बिहीबार
sinopharm1609398767

बेइजिङ, १६ पुस । चीनको सरकारी स्वामित्व समेत रहेको कम्पनीले बनाएको कोरोना भाइरसविरूद्धको खोपलाई प्रयोगका लागि अनुमति दिएको छ ।

चीनको नेशनल मेडिकल प्रोडक्ट एडमिनिस्ट्रेसनले सिनोफार्मको बेइजिङ बायोलोजिकल प्रोडक्ट इन्स्टिच्युटले बनाएको खोपलाई बिहीबार अनुमति दिएको हो । यसअघि अमेरिका र बेलायतमा बनेका खोपहरूले मात्र प्रयोग अनुमति पाएका थिए भने रूसले स्पुतनिक भी भ्याक्सिनलाई तेस्रो चरणको परीक्षण नै नगरी स्वीकृति दिएको थियो ।

चिनियाँ भ्याक्सिनको प्रभावकारिताबारे विस्तृत विवरणहरू सार्वजनिक गरिएको छैन । बुधबार मात्रै सिनोफार्मले आफ्नो खोप कोरोनाविरूद्ध ७९.३४ प्रतिशत प्रभावकारी भएको बताएको थियो । यो खोप पनि दुई डोज लगाउनुपर्छ । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७