“युथ म्युजिक कन्टेस्ट २०२१” को प्रायोजन सिभिल बैंकले गर्ने


१६ पुष २०७७, बिहीबार
2. Jan1 Announcement K6ZcSqWV1j

काठमाडौं, १६ पुस । दया फाउण्डेसनले नयाँ वर्षको अवसर पारेर युवाहरुलाई लक्षित गर्दै “युथ म्युजिक कन्टेस्ट २०२१” नामक साङ्गितीक प्रतिस्प्रधात्मक कार्यक्रमको आयोजन गर्दैछ जसको मुख्य प्रायोजक सिभिल बैंक लिमिटेड रहेको छ ।

यस प्रतियोगितामा आकर्षक नगद पुरस्कारको व्यवस्था गरिएको छ । प्रथम, दोश्रो तथा तेश्रो पुरस्कार रु २५,०००, रु १५,००० र रु १०,००० क्रमश रहेको छ ।

यस कार्यक्रममा १५ वर्ष देखी २८ वर्षसम्मका युवाहरुले सहभागी हुन पाउनेछन् । इच्छुक प्रतियोगीहरूले मोवाइल एप्लिकेशनहरु जस्तै स्टारमेकर, स्म्युल इत्यादि अथवा आफैले वा समूहमा वाद्य यन्त्र बजाएर गाइएको गीत (अधिकतम लम्बाई ५ मिनेट सम्मको) “युथ म्युजिक कन्टेस्ट २०२१” फेसबुक ग्रुपमा अपलोड गर्नुपर्नेछ ।

प्रतिस्पर्धीले कुनै पनि भाषाको गीत गाउन सक्ने छन् यद्यपी नेपालको विभिन्न मौलिक भाषामा गाइएका गीतलाई भने प्राथमिकता दिइनेछ । नयाँ प्रतिभावान युवा गायक तथा गायिकाहरुलाई प्रोत्साहन गर्न यो प्रतियोगिता आयोजना गरिएको हुनाले नवप्रतिभाहरुलाई बिशेष प्राथमिकताका साथ सहभागिताका लागि आव्हान गरिएको छ । पहिलो चरणको गीत अपलोड जनवरी १२ तारिक सम्म गर्नु पर्नेछ ।

निर्णायक मण्डलद्वारा गायकीको स्तर मापनपश्चात जनवरी १५ तारिकमा कुल २१ प्रतिस्पर्धीहरुको छनौट हुनेछ । ती २१ प्रातिस्पर्धीहरुले दोस्रो चरणको गीत जनवरी १८ तारिकसम्म अपलोड गरिसक्नुपर्नेछ । अन्तिम चरणमा “युथ म्युजिक कन्टेस्ट २०२१”का विजेताहरूको घोषणा ७०५ “युथ म्युजिक कन्टेस्ट २०२१” को फेसबुक ग्रुप मार्फत प्राप्त लाईकको आधारमा र ३०५ निर्णायक मण्डलद्वारा प्रदान गरिएको अंकको भारित औसतको आधारमा हुनेछ ।

दया फाउण्डेसनको तीन मुलभूत उद्देश्यस शिक्षा, स्वास्थ्य तथा संस्कृति मध्ये यो कार्यक्रमले नेपाली संस्कृतिलाई योगदान पु¥याउने कुरा दया फाउण्डेसनका संस्कृती क्षेत्रका संयोजक नीभा माथेमा प्रधानले बताइन् ।

हाल कोरोनाको कहरको कारणले गर्दा युवाहरु माझ ब्याप्त मानसिक तनाबलाई न्यूनिकरणका लागि पनि यो सांगीतिक कार्यक्रमको आयोजना गरिएको बैंकका प्रमुख कार्यकारी अधिकृत गोबिन्द गुरुङले बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७