सशस्त्र प्रहरीका ६ एसएसपी डीआईजीमा बढुवा सिफारिस (सूचीसहित)


१७ पुष २०७७, शुक्रबार

काठमाडौं, १७ पुस । गृह मन्त्रालयले सशस्त्र प्रहरी बलका ६ वरिष्ठ उपरीक्षक (एसएसपी) लाई प्रहरी नायब महानिरीक्षक (डीआईजी) मा बढुवा गर्न सिफारिस गरेको छ ।

डीआईजीमा बढुवा सिफारिस हुनेमा एसएसपी कमल गिरी, गणेशबहादुर ठाडा मगर, अभिकुमार खत्री, कुलबहादुर नेम्वाङ, दुर्गाप्रसाद भट्टराई र शम्भु सुवेदी छन् ।

बढुवा सिफारिसमाथि एक सातापछि मन्त्रिपरिषद बैठकले निर्णय गर्नेछ । बिहीबार बसेको बढुवा समितिको बैठकले एसएसपीहरुलाई बढुवा गर्न सिफारिस गरेको हो ।
हेर्नुस् सूची

DIG Baduwa

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७