नयाँ वर्ष मनाइरहेका बेला कंगोमा लडाकु समूहको आक्रमण, २५ जनाको हत्या


१८ पुष २०७७, शनिबार
D465B146 5BC5 4CEB BB68 EA13882B42C6 scaled

काठमाडौं, १८ पुस । प्रजातान्त्रिक गणतन्त्र कंगोमा नयाँ वर्ष सन् २०२१ मनाइरहेका बेला २५ जनाको हत्या गरिएको छ ।

त्यहाँका सरकारी अधिकारीले शुक्रबार दिएको जानकारीअनुसार देशको पूर्वी क्षेत्रस्थित तिङवेमा नयाँ वर्ष मनाउन सर्वसाधारण भेला भइरहेका बेला आक्रमण भएको हो । आक्रमण एडीएफ नामको लडाकु समूहले गरेको आरोप लगाइएको छ । तर अहिलेसम्म घटनाको जिम्मेवारी कसैले लिएको छैन ।

स्थानीय नागरिक अधिकारकर्मीले भने आक्रमणमा ३० जनाको मृत्यु भएको दाबी गरेका छन् । एक अधिकारकर्मीले भने, ‘नयाँ वर्ष मनाइरहेका सर्वसाधारणलाई एडीएफ नामक लडाकु समूहले एक–एक गरी मारेका हुन् ।’

सन् १९९० को दसकदेखि त्यहाँ (कंगोमा) युगान्डा मुस्लिम विद्रोही समूहले आफ्नो लडाइँ जारी राखेको छ । जसका कारण अहिलेसम्म सयौं मानिसको मृत्यु भइसकेको छ । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७