नेकपाद्वारा दोस्रो चरणको आन्दोलन घोषणा : वडा तहमा जुलुसदेखि ठुला शहरमा प्रदर्शन र विरोध सभासम्म


१८ पुष २०७७, शनिबार
nepal communist party 3 leders prachand Madhav kumar nepal jhalnath khanal scaled

काठमाडौं, १८ पुस । संसद विघटनको विरोधमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले दोस्रो चरणको आन्दोलन कार्यक्रम घोषणा गरेको छ । संसद् विघटनलाई असंवैधानिक र अलोकतान्त्रिक भन्दै आन्दोलनमा उत्रिएको नेकपा (प्रचण्ड–नेपाल) समूहले दोस्रो चरणका आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो ।

केन्द्रीय संघर्ष समितिले शनिबार कोटेश्वर पेरिसडाँडामा पत्रकार सम्मेलन गरेर पुस २० देखि माघ २३ गतेसम्मका लागि आन्दोलन कार्यक्रम सार्वजनिक गरेको हो । पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ नेतृत्वको प्रतिगमन विरोधी केन्द्रीय संघर्ष समितिले वडा तहमा जुलुसदेखि ठुला शहरमा प्रदर्शन र विरोध सभासम्मको कार्यक्रम सार्वजनिक गरेको हो ।

पत्रकार सम्मेलनमा प्रवक्ता श्रेष्ठले संसद पुनर्स्थापना नभएसम्म आन्दोलन जारी राख्ने जानकारी दिए । आन्दोलन कार्यक्रममा पुस २० गतसम्म पालिका स्तरमा र २५ गतेसम्म वडा स्तरमा पार्टी भेला र संघर्षसम्बन्धी अभिमुखीकरण कार्यक्रम गर्ने, पुस २५ गतेसम्म प्रदेश, जिल्ला, पालिका र वडा स्तरमा संघर्ष समिति गठन गर्ने, पुस २१ गते संघीय राजधानी र विभिन्न शहरी केन्द्रहरुमा राजनीतिक पार्टीहरुसँग अन्तरक्रिया गर्ने छ ।

यसैगरी २३ पुसमा नागरिक समाजसँग अन्तरक्रिया गर्ने, २४ पुसमा सबै जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई विरोध पत्र र संविधानको पुस्तक दिने र राष्ट्रका नाममा क्षमायाचना गरी गलत कदम सच्याउन अनुरोध गर्ने छन् ।

आन्दोलनका कार्यक्रम : 

१. २०७७ पुस २० गतेसम्म पालिकास्तरमा र २५ गतेसम्म वडास्तरमा पार्टी भेला, संघर्षसम्बन्धी अभिमुखीकरण कार्यक्रम ।
२. २०७७ पुस २५ गतेसम्म प्रदेश, जिल्ला, पालिका र वडास्तरमा संघर्ष समिति गठन ।
३. २०७७ पुस २१ गते संघीय राजधानी र विभिन्न सहरी केन्द्रहरूमा राजनीतिक पार्टीहरूसँग अन्तर्क्रिया कार्यक्रम ।
४. २०७७ पुस २३ गते नागरिक समाजसँग व्यापक अन्तर्क्रिया कार्यक्रम ।
५. २०७७ पुस २४ गते सबै जिल्लाहरूमा जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई विरोधपत्र । विरोधपत्रका साथमा संविधानको पुस्तक दिने र राष्ट्रको नाममा क्षमायाचना गरी गलत कदम सच्याउन अनुरोध गर्ने ।
६. २०७७ पुस २६ गते सडक संविधान वाचन–व्याख्या कार्यक्रम ।
७. २०७७ पुस २७ गते (सुदूरपश्चिम, लुम्बिनी र प्रदेश १), २८ गते (प्रदेश२, गण्डकी र कर्णालीमा) र पौष २९ गते बागमतीमा बृहत् कार्यकर्ता भेला तथा संघर्ष अभिमुखीकरण कार्यक्रम ।
८. २०७७ पुस २८ गते देशव्यापी घरघरमा पर्चा वितरण र गाउँगाउँ, टोलटोलमा कालोझन्डा गाड्ने र असंवैधानिक एवं प्रतिगामी कदमविरुद्ध सबै वडाहरूमा ब्यानर राख्ने कार्यक्रम ।
९. २०७७ पुस २९ गते निर्वाचन क्षेत्र स्तरीय कार्यकर्ता भेला ।
१०. २०७७ पुस ३० गते देशव्यापी सबै वडाहरूमा विरोध प्रदर्शन र सभा ।
११. २०७७ माघ ५ गते सबै पालिकाहरूमा विरोध प्रदर्शन र सभा ।
१२. २०७७ माघ १० गते राजधानीलगायत सबै सहरी केन्द्रहरूमा मोटरसाइकल र्‍याली ।
१३. २०७७ माघ १६ गते पाँचवटा प्रदेश (प्रदेश नं. १, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा) मा विरोध प्रदर्शन र सभा । माघ १७ गते प्रदेश २ मा विरोध प्रदर्शन र सभा ।
१४. २०७७ माघ २२ गते वडा तहमा देशव्यापी मसाल जुलुस ।
१५. २०७७ माघ २३ गते राजधानीमा विरोध प्रदर्शन र सभा ।
१६. यस बीचमा उद्योग व्यवसायीहरूसँग अन्तर्क्रिया कार्यक्रम र लेखक–कलाकारहरू, सांस्कृतिककर्मीहरू र बुद्धिजीवीहरूको विशिष्ट प्रकारको कार्यक्रम आयोजना गरिने ।
१७. यसबीचमा दोस्रो चरणको कार्यक्रमको सुरुदेखि नै स्थानीय पार्टी र जनवर्गीय संगठनले सिर्जनात्मक रूपमा कार्यक्रमलाई निरन्तरता दिने ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७