कोटेश्वर चोकमा पेस्तोल देखाएर लुटपाटको प्रयास


१९ पुष २०७७, आईतवार
pistol

काठमाडौं, १९ पुस । काठमाडौँको कोटेश्वरमा एक युवामाथि कटुवा पेस्तोल देखाएर लुटपाटको प्रयास भएको छ। आइतबार बिहान ६ : ३० बजे कोटेश्वर चोकमा कटुवा पेस्तोल देखाएर लुटपाटको प्रयास भएको हो।

महानगरीय प्रहरी परिसरका प्रवक्ता (डीएसपी) प्रमेश विष्टका अनुसार काठमाडौँ महानगरपालिका ३२ कोटेश्वरमा चोकको सडकखण्डमा आइतबार बिहान साढे ६ बजेकटुवा पेस्तोल देखाएर युवामागिथ लुटपाटको प्रयास भएको हो ।

कटुवा पेस्तोल बोकेका एक व्यक्तिले भक्तपुर बस्ने सिन्धुलीका ३० वर्षीय युवराज आलेमगरलाई लुटपाटको प्रयास गरेको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७