पेरिसडाडाँमा नेकपाको स्थायी कमिटी बैठक


१९ पुष २०७७, आईतवार
Nepal communist party

काठमाडौं, १९ पुस । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक पेरिसडाडाँमा जारी छ सुरू भएकाे छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाडाँमा केहीबेर अगाडि बैठक सुरु भएको हो ।

पार्टी विभाजनपछि यो समूहको स्थायी कमिटी बैठक पुस ९ मा बसेको थियो । त्यसपछि पुस १४ मा देशभर प्रदर्शन गरेको यो समूहले दोस्रो चरणको संघर्षको कार्यक्रम घोषणा गरिसकेको छ ।

यो समूहले संसद पुनर्स्थापना र नेकपाको वैधानिकताको लागि दबावमुलुक संघर्षको कार्यक्रम गरिरहेको छ । शनिबार मात्रै दोस्रो चरणको कार्यक्रम घोषणा गरेको यो समूहले संघर्षको थप रणनीतिबारे छलफल गर्न स्थायी कमिटी बैठक बोलाएको एक नेताले बताए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघठनपछि नेकपामा विभाजन आएको छ। उक्त समूहले शनिबार दोस्रो चरणको आन्दोलनको कार्यक्रम समेत सार्वजनिक गरेको छ।

आजको बैठकमा पहिलो चरणको आन्दोलनको समीक्षा र दोस्रो चरणको घोषित आन्दोलनका विषयमा समेत छलफल हुने बताइएको छ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७