कर्णालीमा ओली समूहलाई धक्का : दुई मन्त्री र एक सांसद प्रचण्ड-नेपाल समूहमा लागे


१९ पुष २०७७, आईतवार
Karnali Province

काठमाडौं, १९ पुस । कर्णाली प्रदेशका दुई मन्त्री र एक सांसदले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपा छाडेका छन्।

सामाजिक विकास मन्त्री दल रावल, उद्योग पर्यटन वन तथा वातावरण मन्त्री नन्दसिंह बुढा र सांसद पदमबहादुर रोकायले ओलीको समूहको साथ छोडेर प्रचण्ड–नेपाल समूहमा लागेका हुन् ।

तीन जना प्रचण्ड–नेपालमा गएसँगै नेकपाका ३३ प्रदेशसभा सदस्यमध्ये प्रचण्ड–नेपाल समूहमा २२ जना पुगेका छन् । सभामुख राजबहादुर शाहीसहित ११ प्रदेशसभा सदस्य ओली पक्षमा खुलेका छन् ।

कर्णाली प्रदेशका मुख्यमन्त्री शाही प्रचण्ड–नेपाल समूहका हुन्। यो समिकरणले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको सरकार सुरक्षित भएको छ । मुख्यमन्त्री शाहीले दुई मन्त्री र एक सांस्द आफ्नो पक्षमा आएको बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७