संसद बिघटनको पक्षमा ओली समुह विद्यार्थीको प्रदर्शन {भिडियो}


१९ पुष २०७७, आईतवार
oli samuha 2

काठमाडौं, १९ पुस । नेकपा ओली समूहका अनेरास्ववियूले संसद बिघटनको पक्षमा काठमाडौंमा प्रदर्शन गरेका छन् । काठमाडौंका विभिन्न कलेजबाट माइतीघर मण्डलामा भेला भएका विद्यार्थीहरुले नाराजुलुससहित प्रदर्शन गरेका हुन् । मण्डलाबाट कार्की ब्याङ्क्वेटसम्म सडक प्रदर्शन भएको थियो ।

उनीहरुले प्रधानमन्त्री ओलीले चालेको कदमको समर्थनमा नारा लगाएका थिए भने अखिल र सूर्य चिन्ह अंकित झण्डाका साथ प्रदर्शनमा सहभागी भएका उनीहरुले प्रचण्ड र माधव नेपालको विरुद्धमा नारावाजी गरेका थिए । सरकार र पार्टी सञ्चालनमा अवरोध भएका कारण ताजा जनादेशमा जान गरिएको संसद बिघटन जायज भएको प्रदर्शनमा सहभागीहरुको भनाई छ ।

भिडियाे

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७