अमेरिकाको एक विद्यालयमा १९ वर्षीय किशोरले अन्धधुन्दा गोली चलाए, १७ जनाको मृत्यु


३ फाल्गुन २०७४, बिहीबार
ame

काठमाण्डौं, ३ फागुन : अमेरिकाको एक विद्यालयमा अन्धाधुन्ध गोली चल्दा कम्तीमा १७ जनाको ज्यान गएको छ भने १४ जना घाइते भएका छन् ।ame

अमेरिकाको फ्लोरिडा राज्यको पार्कल्याण्ड प्रहरीले १९ वर्षीय पूर्व विद्यार्थीले अन्धाधुन्ध गोली चलाउँदा यति ठूलो मानवीय क्षति हुन पुगेको पुष्टि गरेको छ । बीबीसीले घटनाका संदिग्धको नाम निकोलस क्रुज रहेको जनाएको छ । समाचार अनुसार १९ वर्षीय निकोलस विद्यालयका पूर्व छात्र हुन् जसलाई स्कुलले निकालिदिएको थियो । अमेरिकास्थित सीबीएस न्यूजलाई दिएको जानकारी अनुसार स्कुलमा फायर अलार्म बजाएपछि विद्यार्थीहरु तितरबितर भएका थिए । त्यही बेला उनले गोली वर्षाएका थिए । स्कुलका छात्र कक्षामा लुकेका थिए भने प्रहरीले स्कुल घेरेको थियो । गोलाबारी शुरु भएको एक घण्टापछि प्रहरीले गोलाबारीमा संलग्नलाई हिरासतमा लिएको छ ।

प्रहरीले १४ पीडितबारे जानकारी दिएको छ तर उनीहरुको स्थिति सार्वजनिक गरिएको छैन । यसअघि स्टोनम्यान डगलस हाइस्कुलका सुपरिटेण्ड रोबर्ट रन्सीले केही ब्यक्तिको मृत्यु भएको जानकारी दिएका थिए । उनले भनेका छन्, ‘संदिग्ध व्यक्ति सम्भवतः पूर्व छात्र थिए ।’ अमेरिकी टिभी च्यानलका अनुसार स्थानीयले निकै सहयोग गरेका थिए ।

विद्यालयमा अध्ययनरत विद्यार्थीका बुबा आमा स्कुल परिसरमा जम्मा भएका थिए । ह्वाईट हाउसका प्रवक्ता लिण्डसे वाल्टर्सले भनेका छन्, ‘राष्ट्रपतिलाई फ्लोरिडाको स्कुलमा भएको गोलाबारीको जानकारी दिएका छौं । घटनामा घाइतेको स्वास्थ्यलाभका लागि हामीले प्रार्थना गरेका छौं ।’ राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्वीटरमार्फत पीडितलाई सान्त्वना दिएका छन् । सन् २०१३ पछि मात्रै अमेरिकामा यस्तै प्रकृतिका २९१ घटना भएका थिए । औसतमा हिसाब गर्दा हरेक हप्ता यस्ता घटना हुनेगर्छन । पछिल्लो समय यो अमेरिकाका लागि टाउको दुःखाइको विषय बनेको छ । एजेन्सी

trump

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७