गरिबले चाहेजति निःशुल्क पढ्न पाउने कहिले र कहाँ ? {भिडियाे}


१९ पुष २०७७, आईतवार
nekapa janabadi

काठमाडौं, १९ पुस । संसद विघटनबिरुद्ध नेकपा (जनवादी) पनि आन्दोलनमा उत्रिएको छ । विभिन्न समयमा तत्कालीन सरकारहरूसँग राखेको माग सुनुवाई नभएको भन्दै जनवादी बुधवार माइतीघर मण्डलामा धर्नामा बसेको हो ।

दुई वर्षयता जनताका प्रत्यक्ष सवालमा सरकारसँग निरन्तर वार्ता गरेपनि कुनै सुनुवाई नभएको भन्दै नेकपा (जनवादी)ले बताएको छ । जनजीविकाका सवालमा केन्द्रित विभिन्न ५२ बुँदे मागप्रति सरकार गम्भीर नबनेपछि आन्दोलनमा उत्रनुपरेको सो पार्टीले जनाएको छ । प्रदर्शनमा सहभागीहरुले संसद बिघटन विरुद्ध नारावाजी गरेका थिए । उनीहरुले विभिन्न समूहका पीडितहरूलाई राहत,पुनस्र्थापना,सहुलियत, सुविधासँग सम्बन्धित मागहरू अघि सारेका छन् ।

प्रदर्शनकारीले ‘द्वन्द्वपीडित प्रहरीलाई न्याय देऊ’, ‘हामीलाई समाजमा पुनःस्थापित गराईदेऊ’, ‘गरिबले चाहेजति निःशुल्क पढ्न पाउने कहिले र कहाँ ?’ जस्ता प्लेकार्ड बोकेका थिए । दुई वर्षयता जनताका प्रत्यक्ष सवालमा सरकारसँग निरन्तर वार्ता गरेपनि कुनै सुनुवाई नभएको भन्दै नेकपा (जनवादी)ले आइतबार काठमाडौंमा विरोध प्रदर्शन गरेको छ ।

जनजीविकाका सवालमा केन्द्रित विभिन्न ५२ बुँदे मागप्रति सरकार गम्भीर नबनेपछि आन्दोलनमा उत्रनुपरेको सो पार्टीले जनाएको छ । प्रदर्शनमा सहभागीहरुले संसद बिघटन विरुद्ध नारावाजी गरेका थिए । उनीहरुले विभिन्न समूहका पीडितहरूलाई राहत,पुनस्र्थापना,सहुलियत, सुविधासँग सम्बन्धित मागहरू अघि सारेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७