प्रदेश १ ले जित्यो प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेटको उपाधि


१९ पुष २०७७, आईतवार
135918224 1161841454213776 7000638848658001842 n

काठमाडौं, १९ पुस । प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि प्रदेश १ ले उचालेको छ । आइतबार भएको फाइनलमा साविकको विजेता समेत रहेको विभागीय टोली एपीएफलाई ६ रनले पराजित गर्दै प्रदेश १ ले पहिलोपटक उपाधि उचालेको हो ।

प्रदेश १ ले दिएको १०६ रनको लक्ष्य पछ्याएको एपीएफले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ९९ रन मात्र बनाउन सक्यो । एपीएफका लागि ममता चौधरीले सर्वाधिक ३४ रनको योगदान गरिन् भने करुणा भण्डारीले अविजित रहदै २६ रन बनाइन् । यस्तै ओपनर ब्याटरले १४ रनको योगदान दिँदा अन्य खेलाडीले उल्लेख्य योगदान गर्न नसक्दा जितको नजिक पुगेर एपीएफ निराश हुन पुग्यो ।

बलिङतर्फ प्रदेश १ का लागि कप्तान रुविना क्षेत्री र अलिशा खडियाले २-२ विकेट लिए भने संगिता राईले १ विकेट लिइन् । त्यसअघि देउखुरी क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको प्रदेश १ ले निर्धारित २० ओभर पूरै खेल्दै मात्र ४ विकेट गुमाएर १०५ रन बनाएको थियो ।

ओपनर ब्याटरद्वय अप्सरी बेगम र कप्तान रुविना क्षेत्रीले सानदार सुरुवात दिलाएकी थिइन् । दुबैले ५८ रनको ओपनिङ साझेदारी गरेका थिए । १२.४ ओभरमा पहिलो विकेटका रुपमा आउट हुन् पुगेकी रुविनाले ३२ बलको सामना गर्दै १८ रनको योगदान गरिन् ।

रुविना आउट भएपछि अप्सरी पनि सोही ओभरको अन्तिम बलमा आउट हुन् पुगिन् । आक्रमक शैलिमा ब्याटिङ गर्न रुचाउने अप्सरीले ४५ बलको सामना गर्दै ५ चौकासहित ३४ रनको योगदान गरिन् ।

काजल श्रेष्ठले अविजित रहदै २९ रन बनाइन् । २६ बलको सामना गरेकी उनले चौका प्रहार गरिन् । यस्तै रोमा थापाले ३ रन, निशा शाहले ५ बनाउँदा संगिता राई २ रनमा अविजित रहिन् ।

बलिङतर्फ एपीएफका लागि कप्तान सिता राना मगरले ३ विकेट हात पारिन् । करुणा भण्डारीले १ विकेट लिएकी थिइन् । उपाधिसँगै प्रदेश १ ले नगद पाँच लाख प्राप्त गर्दा उप( विजेता बनेको एपीएफले तीन लाख प्राप्त गरेको छ ।

प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी (प्लेयर अफ द सिरिज) प्रदेश नम्बर एक की स्पिनर संगिता राई चुनिएकी छिन् । प्रदेश १ लाई अपराजित रहँदै उपाधि दिलाउन स्पिनर संगिताले उत्कृष्ट प्रर्दशन गरेकी थिइन् । प्रतियोगिता उत्कृष्ट ब्याटर एपिएफकी ज्योती पान्डे र बलर करुणा भण्डारी चुनिएकी छिन्

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७