पूर्व तीन प्रधानमन्त्रीप्रति प्रधानमन्त्री ओलीको अशिष्ट टिप्पणी : सहिद भए श्रद्धाञ्जली दिन हुन्थ्यो


१९ पुष २०७७, आईतवार
pm Kp sharma oli 1 scaled

काठमाडौं, १९ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना पूर्व सहकर्मी तथा पूर्व प्रधानमन्त्रीहरुप्रति तिव्र आक्रोश पोख्दै ‘अशिष्ट’ शब्द प्रयोग गरेका छन् । पूर्व सहयोद्धा तथा नेकपाका अध्यक्षद्धय पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधव नेपाल, झलनाथ खनाल लगायतका नेताप्रति लक्षित गर्दै प्रधानमन्त्री ओलीले मरेर गएको अर्थात् ‘सहिद’ भएर गएको भए श्रद्धाञ्जली दिन हुन्थ्यो भन्दै आक्रोश पोखेका हुन् ।

आइतबार अनेरास्ववियूको ऐन महरको समूहले आइतबार आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री ओली आक्रोशित मात्रै होइन अराजनीतिक ढङ्गबाट प्रस्तुत भए । प्रधानमन्त्री ओलीको आक्रोश अर्का समूहका शीर्ष नेताप्रति थियो ।

उनले भने, ‘म भन्न चाहन्छु, तपाईहरु नहुँदा तपाईहरु शहिद भएको भए, शहिद भएर गएको भए श्रद्धाञ्जली दिन हुन्थ्यो । तपाईहरु शहिद त हैन् । अब तपाईहरुलाई कार्यक्रममा स्मरण गरिरहन आवश्यकता पनि छैन् । खाली तपाईहरुले धुलो उढाएको ठाउँमा हामीले पानी छर्कनुपर्छ । तपाईहरुले दुर्गन्ध फैलाउनुहुन्छ अलिकति हामीले त्यहाँ अत्तर छर्किनुपर्छ ।’

अर्को समूहका नेताहरुमाथि ‘श्रद्धाञ्जली दिन हुन्थ्यो’ भन्दै अराजनीतिक टिप्पणी गर्दा विद्यार्थी नेताहरुले ताली बजाएर हुटिङ्ग गरेका थिए ।

कार्यक्रममा झन्डै एक घण्टा भाषण गरेका उनले अधिकांश समय पूर्व सहयोद्धा प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल, नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ सहितका नेताहरु विरुद्ध तिव्र आक्रोश पोखेका थिए ।

ओलीले ‘फेक न्यूज’लाई विषय बनाएर नेता डा.भिम रावल विरुद्ध आक्रोश समेत पोखे । केही दिन अघि रावलले ‘ओलीको शरीरमा स्त्रीको अङ्ग मिसिएकोले दिमागले काम गरेन’ भन्ने भाषण गरेको भन्दै एउटा अनलाइनमा समाचार आएको थियो। तर तथ्य जाँचबाट उक्त समाचार ‘फेक’ भएको तथ्य पत्ता लागेको थियो । तर ओलीले यही बिषयमा डा. रावल विरुद्ध आक्रोश पोखे ।



प्रधानमन्त्री ओलीले भने, ‘एउटा नेताले चर्को भाषण गरेछ । केपी ओलीले महिलाको किड्नी लाएर दिमागै बिग्रियो भनेछ । महिलाको किड्नी लगाएर दिमाग बिग्रियो भने महिलाको कोखबाट जन्मिएको त्यो मान्छे पहिलै नै झन् के होला रु म त्यतापट्टि जान चाहन्न । महिलामाथिको कत्रो अपमान हो, महिलाको त किड्नी लगाएमात्रै पनि मान्छे पागल हुन्छ रे । त्यो दिन बेलुका तिनलाई श्रीमतीले कसरी खाना दिइन् होला अचम्म लाग्छ । वरिपरि झ्याल खोलेर हेर्ने महिला दिदीबहिनीलाई अनुहार कसरी देखाएहोला अचम्म लाग्छ मलाई ।’

ओलीले कुनै पनि हालतमा संसद पुन स्थापना हुनै नसक्ने समेत बताए। प्रधानमन्त्री ओलीले सर्वोच्च अदालतको संवैधानिक इजलासले संसद पुन स्थापना गर्न नसक्ने बताएका हुन् ।

प्रतिनिधिसभा विघटनको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन अवस्थामा रहेकै बेला प्रधानमन्त्री ओलीले शनिबार पनि संसद पुन स्थापना हुदै नहुने ठोकुवा गरेका थिए । तर न्यायालयले ती रिटका सम्बन्धमा सुनुवाई प्रक्रिया पूरा गरी फैसला गर्नु अघि नै प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा पुनर्स्थापना हुन नसक्ने पटक पटक दाबी गरेका छन् ।

प्रधानमन्त्री ओलीले आइतबार पनि उही कुरा ठोकुवा गरे । नेकपा ओली समूहको काठमाडौंमा आयोजित विद्यार्थी संगठनको भेलालाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री ओलीले भने, ‘परशुरामका बाबुको पालामा जस्तो मरेका आमा बौराइपाऊँ भन्दा हुन्छ र रु संविधान र कानूनले मिल्दैन । विघटित संसद बौरिँदैन । संसद विघटन भयोभयो, नयाँ चुनाव हुन्छ,हुन्छ ।’

शनिबार नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित काठमाडौँ जिल्लाको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले उही दाबी गरेका थिए । भनेका थिए,‘प्रतिनिधिसभा पुनस्र्थापना हुने कुरा कहाँबाट आयो रु कसले भन्यो पुनस्र्थापना हुन्छ भनेर ? पुनस्र्थापना हुँदैन । उहाँहरूले कार्यकर्ता झुक्याउन उहाँहरू भन्नुभएको होला ।’

प्रधानमन्त्री ओलीले चुनाव सूर्य चिन्ह आफ्नै हुने दाबी गरे । भने, ‘केही साथीहरुलाई चिन्ता छ, सूर्य चिन्ह नपाउने हो कि भन्ने ? चिन्ता नलिनुहोस्, सूर्य चिन्ह हामीले नपाए कसले पाउछ त रु

ओलीले प्रचण्ड–नेपाल समूहलाई पार्टीमा फिर्ता आउन आग्रह समेत गरे। ओलीले भने,‘फिर्ता आउनुस् अपराध माफ गरिदिउँला । पार्टीबाटै कसैलाई हटाएको छैन ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७