पत्नीको उपचारका लागि प्रचण्ड मुम्बई प्रस्थान


२० पुष २०७७, सोमबार
CM Parchanda

काठमाडौं, २० पुस । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहालको उपचारका लागि भारतको मुम्बई प्रस्थान गरेका छन् ।

पत्नी सीताको उपचारका लागि प्रचण्ड सोमबार बिहान साढे ११ बजे भारतको मुम्बई प्रस्थान गरेका हुन् ।

केहि वर्षदेखि पार्किन्सन जस्तै प्रोग्रेसिभ सुपरान्युक्लियर पाल्सी नामक रोगबाट पिडित सीताको स्वास्थ्यमा थप समस्या देखिएपछि गत बुधबार उनलाई मेडीसिटी अस्पताल भर्ना गरिएको थियो।

यसअघि उनको उपचार अमेरिका, सिंगापुर र भारतमा पनि भएको थियो । उनको स्वास्थ्य अवस्था थप जटिल बन्दै गएपछि उपचारका लागि भारत लगिएको हो। उनको साथमा दुई छोरी रेणु र गंगा पनि गएका छन्।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७