नेपालमा कोरोना संक्रमित २ लाख ६२ हजार २६२ पुग्याे


२० पुष २०७७, सोमबार
corona virus covod 19 1536x1057 1 1

काठमाडौं, २० पुस । नेपालमा सोमबार थप ४०३ जनामा कोरोना पुष्टि भएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६२ हजार २६२ जना पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।


त्यस्तै नेपालमा थप ७ जनाको मृत्यु भएको छ भने हालसम्म १८ सय ८५ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् ।

थप ५९४ जना कोरोनामुक्त हुँदा नेपालमा कोरोना निको हुनेको संख्या २ लाख ५५ हजार ८८ पुगेको छ । हाल नेपालमा ५२८९ जना आइशोलेशनमा छन् भने ३४२ जना क्वारेन्टाइनमा छन् ।

हालसम्म १९ लाख ५२ हजार ९०३ वटा पिसिआर गरिएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७