एनआरएन यूकेका उपाध्यक्ष राईलाई शोक


१३ पुष २०७७, सोमबार
मणि प्रसाद राइ

काठमाडौ, १४ पुस । गैरआवासीय नेपाली संघ (एनआरएन) यूकेका उपाध्यक्ष रोजिना प्रधान राईलाई पितृ शोक परेको छ । उनका ९० वर्षीय ससुरा मणिप्रसाद राईको गत आईतबार निधन भएको हो ।

खोटाङ बासपानीमा रहनुभएको स्वर्गीय राईको पाँच छोरा र पाँच छोरी हुनुहुन्छ । जिल्लाभर समाज सेवीको नाममा परिचत राईको सम्मानमा स्थानीय राष्ट्रिय माध्यमिक विद्यालयमा सालिकसमेत रहेको छ ।

भूतपूर्व गोरखा सैनिक रहका राईलाई गाउँमा कान्छा राई नामले चिनिन्थे । स्थानीय निमुखाहरुलाई सँधै सहयोग गर्नुहुने राईले विद्यालयको लागि ६रोपनि ७आना ३पेसा जग्गा दान गरेका छन् । उनको नाममा छोरा हिराधन राई र बुहारी रोजिना प्रधानले विद्यालयमै इलाईब्रेरी पनि स्थापना गरिएका छन् ।

उपाध्यक्ष रोजिनाले ससुरा बुबा राईको पदचाप पछ्याउँदै उहाँको श्रद्धाञ्जली स्वरुप सँधै सामाजिक काममा लागिरहने बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७