‘राष्ट्रपति कार्यालयबाट जारी विज्ञप्ति त्रुटिपूर्ण’


२१ पुष २०७७, मंगलवार
Rastrapati

काठमाडौं, २१ पुस । संसद् विघटन गर्दा राष्ट्रपति कार्यालयले केपी ओली बहुमतबाट प्रधानमन्त्रीमा चुनिएको गलत तथ्य समेटिएको विज्ञप्ति जारी गरेको कानुनविद्हरूले दाबी गरेका छन् । ओली नेतृत्वको सरकार संविधानको धारा ७६ ९२० बमोजिम गठन भए पनि संसद् विघटन गर्दा राष्ट्रपति कार्यालयले ७६ ९१० मात्रै उल्लेख गरेको कानुनविद्को भनाइ छ । आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

५ पुसमा मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले संसद् भंग गरेकी थिइन् । कानुनविद् खिमलाल भट्टराईले भने, ‘राष्ट्रपति कार्यालयबाट जारी विज्ञप्ति त्रुटिपूर्ण छ । ओली नेतृत्वको सरकार धारा ७६ ९२० अनुसार बनेको हो । तर, विज्ञप्तिमा ७६ ९१० उल्लेख छ । विज्ञप्तिमा गलत तथ्य राखिएको छ ।’

३ जेठ ०७४ मा ओलीलाई प्रधानमन्त्री नियुक्त गर्न एमाले र माओवादीले राष्ट्रपतिसमक्ष समर्थनको पत्र बुझाएका थिए । त्यस दिनै राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा ‘नेपालको संविधानको धारा ७६ उपधारा ९२० बमोजिम प्रधानमन्त्री पदमा नियुक्त गर्नका लागि नेकपा एमाले र नेकपा माओवादी केन्द्रको समर्थनसहितको पत्र नेकपा एमालेका अध्यक्ष तथा प्रतिनिधिसभाका सदस्य ओलीले पेस गरेको’ उल्लेख छ ।

ओलीको पत्रअनुसार त्यसै दिन तत्कालीन नेकपा एमाले अध्यक्ष ओली राष्ट्रपतिबाट प्रधानमन्त्रीमा नियुक्त भएका थिए । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा २ बमोजिम ओलीलाई प्रधानमन्त्री नियुक्त गरेकी थिइन् । दुई सय ७५ सदस्यीय प्रतिनिधिसभामा एमालेका एक सय २१ र माओवादीका ५३ गरी एक सय ७४ सांसद थिए । बहुमतका लागि एक सय ३८ सांसद चाहिन्थे । तत्कालीन एमालेसँग यो अंक थिएन ।

७२ को उपधारा ९२० मा छ, ‘उपधारा ९१० बमोजिम प्रतिनिधिसभामा कुनै पनि दलको स्पष्ट बहुमत नरहेको अवस्थामा प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधिसभाको सदस्यलाई राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गर्नेछ ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७