बेलायतमा फेरि देशव्यापी लकडाउन


२१ पुष २०७७, मंगलवार
uk lockdown scaled

बेलायत, २० पुस । बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले देशभर फेरि लकडाउन घोषणा गरेका छन् । नयाँ खाले कोरोनाभाइरसको संक्रमण तीव्र बनेपछि आज (मंगलबार) देखि लायती प्रधानमन्त्री बोरिस जोन्सनले राष्ट्रव्यापी लकडाउनको घोषणा गरेका हुन्।

प्रधानमन्त्री जोन्सनले देशवासीलाई सम्बोधन गर्दै संक्रमण बढ्दै गएकोले देशव्यापी लकडाउन लागु गर्नु परेको बताएका छन् । भनेका छन्, ‘मैले आज तपाईंहरूलाई सम्बोधन गरिरहँदा हाम्रा अस्पतालहरूमा महामारी सुरू भएदेखिकै सबैभन्दा बढी दबाब । देशका धेरै भागमा विभिन्न कडा मापदण्ड अपनाइएका छन्, यो नयाँ खाले भाइरसलाई नियन्त्रणमा ल्याउन हामी सबैले अझै धेरै गर्नुपर्ने प्रष्टै छ। ’

यो लकडाउन फेब्रुअरी १५ सम्म जारी रहने त्यहाँको सरकारले जनाएको छ। पछिल्लो २४ घण्टामा मात्रै बेलायतमा ५८ हजार भन्दा धेरैमा कोरोना संक्रमण पुष्टि भएको छ। सोमबारमात्रै त्यहाँ ५८ हजार ७ सय ८६ जनामा कोरोना पुष्टि भएको थियो भने ४ सय ७ जनाले ज्यान गुमाएका थिए। 

लकडाउनका बेला स्वास्थ्य उपचार र अन्य अत्यावश्यक काम नपरी घरबाहिर निस्कन रोक लगाइएको छ। अत्यावश्यक सामान किन्न पनि दिनमा एक पटकमात्र बाहिर निस्कन पाइने अधिकारीहरुले जनाएका छन् प्राथमिक र माध्यमिक तहका सबै विद्यालय र क्याम्पसहरू बन्द गरिएका छन्। एकअर्काको घरमा पाहुना लाग्न जान पनि रोक लगाइएको छ। टेक अवे सुविधाका लागिमात्र रेष्टुरेन्ट र बारहरु खोल्न अनुमति दिइएको छ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७